logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

उपनिर्वाचनको मनोनयन दर्ता शान्तिपुर्ण सम्पन्नः निर्वाचन अयोग


  • जन आकाश
  • सोमबार, चैत्र २० २०७९

काठमाडौ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रम अनुसार आज चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।



चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा यही चैत १८ गते स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २४ जना, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ९ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी जम्मा ६९ जना उम्मेदवार रहेको निर्वाचन कार्यलयले जानकारी दिएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend