जन आकाश
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका मुख्य तीन प्रतिस्पर्धीले आआफ्नो टिम घोषणा गरेका छन् । महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अन्जन श्रेष्ठ,ले आआफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार चन्द्र ढकाल आगामी अध्यक्ष बन्ने भएपछि वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिस्पर्धा हुने भएको हो । यसबाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत निर्वाचन हुँदै छ । नेपालमा उद्योग बाणिज्य महासंघ मात्र यस्तो सस्था हो अध्यक्ष हुनको लागि वरिष्ठ उपाध्यक्ष स्वत हुने व्यवस्था गरेको छ । यो लोकतन्त्र सम्मत छैन भनेर विरोध पनि हुदै आएको छ ।
कस्ले काहा रोजे घोषणा गर्ने ठाउँ
उमेशलाल श्रेष्ठले आफ्नो प्यानल घोषणा गर्न ललितपुरको हेरिटेज गार्डेनमा २० गते कार्यक्रम गरी सार्वजानिक गरेका छन् भने आइतबार मात्रै संघाईले आफ्नो प्यानल लैनचौर ब्यङकेटमा सार्वजनिक गरेका थिए । २१ गते अन्जन श्रेष्ठले नोपल उद्योग बाणिज्य महसंघको हलमा सार्वजानिक गरेका हुन् ।
प्यानलको औपचारिक घोषणा अगाडी जता जता प्यानलको कुरा गरेपनि अन्तमा फेरबदल
महासंघको आगामी कार्यसमितिको लागि हुने चुनावमा यसअघि भएका दुई समूहको प्यानलमा हेरफेर गरेका छन् । यसअघि अञ्जन श्रेष्ठले घोषणा गरेको टिम फेरबदल भएको हो। श्रेष्ठको प्यानलबाट एसोसिएटतर्फ प्रबलजंग पाण्डेले उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यसअघि ज्योत्स्ना श्रेष्ठले उम्मेदवारी दिने बताइएको थियो। तर आइतबार उनले संघाईको टिमबाट चुनाव लड्ने भएकी हुन् ।
अञ्जन श्रेष्ठको टिममा सुनचाँदी र औषधी व्यवसायी
अघिल्लो चुनावमा उमेशलाल श्रेष्ठलाई हराएर वस्तुगत उपाध्यक्ष बनेका अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा भिड्दै छन् । अञ्जनको टिमबाट वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान रहेका छन्। प्रधान सुनचाँदी व्यवसायी हुन् । उनी नेपाल रत्न तथा आभूषण संघका पूर्वअध्यक्ष हुन् । एसोसिएट उपाध्यक्षमा औषधी व्यवसायी प्रबलजंग पाण्डे निर्वाचनमा लड्ने भएका छन् ।
रामचन्द्र संघाईसँग निर्माण र सुनचाँदी व्यवसायी
वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी रामचन्द्र संघाईले पनि टिम घोषणा गरिसकेका छन्। उनी अघिल्लो निर्वाचनमा चन्द्र ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्ष लडेका थिए । महासंघको वस्तुगत उपाध्यक्षमा हालका कोषध्यक्ष सुकुन्तलाल हिराचनले उम्मेदवारी दिने भएका छन् । उनी निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत हुन् । संघाईको टिमबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैद्यले चुनाव लड्ने भएका छन्। उनी महासंघका २ कार्यकाल कार्यसमिति सदस्य बिताएका थिए। उनले जिल्ला नगरका साना र मझौला व्यवसायीको समस्या समाधान गर्ने प्रयास गर्ने बताएका छन् । एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ उठ्ने भएकी छन् । सुनचाँदी व्यवसायमा आबद्ध श्रेष्ठ रत्न तथा आभुषण संघका अध्यक्ष रहेकी छिन् ।
उमेशलाल श्रेष्ठको प्यानलमा औषधि, कृषि र शिक्षा क्षेत्रका व्यवसायी
यता व्यवसायी उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । औषधि उद्योग क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक रहेका श्रेष्ठले सोमबार प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
उमेशलालको टिमबाट जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । उनले सोही पद दोहोर्याउन लागेका हुन् । प्यासिफिक ग्रुपका मुख्य सञ्चालक दिनेश कागजजन्य शैक्षिक सामग्रीहरु उत्पादन गर्ने अशोका कार्बन एण्ड अलाइड कम्पनी, सार्प कर्पोरेसन, प्यासिफिक कमर्सियल, श्रेष्ठ इन्टरनेशनल टे«डिङ कन्सर्न लगायतका कम्पनीमा आबद्ध छन् ।
उनको टिममा वस्तुगत उपाध्यक्षतर्फ हेमराज ढकालले चुनाव लड्नेछन् । ढकाल निर्यात, उत्पादनमूलक, सेवा, कृषि, सीपलगायत क्षेत्रमा आवद्ध रहेका छन् । ढकाल पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ हुन्। चण्डीराज ढकाल लामो समय महासंघको राजनीतिमा पकड जमाउने व्यवसायी हुन् ।
उनको टिममा एसोसिएट उपाध्यक्षमा भरत आचार्य चुनाव लड्दै छन्। उनी टीएनएस ग्रुप अध्यक्ष हुन्। उनलाई उद्योग समितिको सभापतिको जिम्मेवारी समेत दिइएको छ । यसअघिको निर्वाचनमा उनी चन्द्र ढकालको प्यानलबाट कार्यकारिणी सदस्य उठेका थिए। जसमा सबैभन्दा लोकप्रिय मत समेत ल्याएका थिए।
समग्रमा हेर्दा वरिष्ठ उपाध्यक्षमा सवै उत्तिक्कै राम्रा देखिन्छन् । निर्वाचनमा जसले मत बढी ल्याउन सक्छ उसैले निर्वाचनमा जित हाशिल गर्ने लोकतान्त्रिक अभ्यास छ । वरिष्ठ उपाध्यक्ष जो हुन्छ अर्को अधिवेशनमा स्वत अध्यक्ष हुन्छ । त्याहा लोकतन्त्र प्रतिस्पर्धा भन्ने हुदैन । चाहिदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend