जन आकाश
कााठमाडौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको विशेष साधारण सभा २०७९ साल चैत्र २२ गते बुधबार लैनचौर बैङक्वेट्स, काठमाण्डौँमा सम्पन्न भयो ।
विशेष साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकमा जानकारी गराउनुभयो ।
सभामा अध्यक्ष ढकालले हालको बीमा बजार तथा सोमानियमन निकायबाट चुक्तापूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्ने मर्जर समन्धित अन्तिम सम्झौताभई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको जानकारी गराउनुभयो ।
त्यसै गरी अध्यक्ष ढकालले दुवै कम्पनीको गाभ्ने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा fDDA Report समेतको आधारमा शेयर अनुपात (Swap Ratio) क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्तापूँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने र कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको जानकारी गराउनुभयो ।
नेपालमा रहेका २ उत्कृस्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृस्ट व्यवसाय हासिल गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी ५ अरब र चुक्तापूँजी ३ अरब २ करोड, शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसैगरी व्यवसायक रिब ४ अरब हुने जानकारी समेत सभालाई गराउनुभयो । त्यसै गरी नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पूँजीे Risk Based Capital) को आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने व्यहोरा समेत जानकारी गराउनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend