logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति


  • जन आकाश
  • बिहिबार, चैत्र २३ २०७९

काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ । आज साँझ ५ बजे सार्वजनिक हुन लागेको सरकारको न्यूनतम साझा कार्यक्रममा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।



बैठकमा सरकारको न्युनतम साझा कार्यक्रममा सहमति जुटेको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । उनले आजै साँझ ५ बजे न्युनतम साझा कार्यक्रम सार्वजनिक हुने बताए । त्यसअघि केही साना सुझावहरु भए सत्ता साझेदार दलहरुले दिन सक्ने गुरुङले बताए ।

सरकारको न्युनतम साझा कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै जनजीविका, कृषि, पर्यटन र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend