जन आकाश
नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल सरकार पछिको सवैभन्दा धेरै संयन्त्र भएको उद्योग बाणिज्य महासंघले दावी गर्दै कार्यक्रमहरुमा आफ्नो धारण राख्दै आईहरेको छ । यही महासंघको २८– २९ गते ५७ औ माहाधिवेशन पनि हुदैछ । तर यतिधेरै संख्या र संयन्त्र रहेको संघले गरेको प्रगति भने नेपालको उत्पादनमा खासै उपलब्धि गरेको देखिदैन । २०२२ सालमा महेन्द्रकलीन अवस्थामा नै स्थापना भएको उद्योग बाणिज्य महासंघ गण्तन्त्र स्थापना भईसक्दा समेत नेपालका युवाहरुलाई रोजगारमा समेटन सकेको छैन ।
उद्योगको नाममा सरकारले दिने सहुलियतपुर्ण ऋिण लिने र तिनै सहुलियपुर्ण लिएका बैकको ऋणहरुको रकम सस्तो लिएर अर्को बैकमा वा अन्य बढी व्याजमा लगाउने हुदा हुदा तिनै उद्योगी बैक खोलेर पैशा कमाउन लागेका धरानाहरुको खेल प्रष्ट देखिने गरेको छ । ठुला उद्योगी भनिएकाहरुको नेपालमा भएकमा केही बैक छोडेर सवैको लगानी भएको देखिन्छ ।
नेपालमा उद्योग बाणिज्य महासंघमा संख्या धेरै देखिए पनि यस्तै चुनावहरुमा भोट बढी बनाउनको लागि संख्या बढाउन मात्र काम गरेका हुनकी भन्ने बुझ्न सकिन्छ । किनकी उद्योग बाणिज्य संघको महत्वपुर्ण ठाउमा पुगेर सरकारलाई केही मुठीभर व्यापारीहरुले उद्योग बाणिज्य संघको नेतृत्वमा पुगेर देशलाई अहित गर्ने कार्य गरेको रहेछ भनेपनि जोगाउने अभियान वाहेक हालसम्म अन्य प्रगति उन्मुख कार्यं गरेको देखिदैन । गरेको भए लाखौ युवाहरु देश छोडेर विदेश किन जान्थे । वास्तविक उद्योगीले सरकारले दिने सुविधा सजिलै पाउथे भने धेरै रोजगार देशमा नै सृर्जना भईसकेको हुनेथियो । तर जसले धुस दिनसक्छ त्यस्ता उद्योगहरु सजिलै खुल्नसक्ने र सरकारले दिने सुविधा त्यस्तै उद्योगीलाई पहिला नै थााहा हुने र सेटिङमा सरकारी कर्मचारी सहभागी त्यस्तैमा हुने र वास्तविक देशका लागि काम गर्ने उत्पादन गर्ने उद्योगीले कहिल्यै अवसर नपाउने कुनै कर्मचरी असल भएर सत्यका पक्षमा उभियो भने पनि ति ठुला खेलमा लागेर तलमाथि गर्न जानेका व्यापारीले मन्त्रीलाई नै प्रभावित पार्न समेत बाकी नराख्ने यस्ता मुठीभर उद्योगी भनिएका तर धेरै जति टे«डिङ व्यापार गरेर भन्सारमा सेटिङग मिलाउन र तिनले नेपाल सरकारलाई नीति पढाउने उस्तै परे सरकार तलमाथि गर्नेसम्मको काम यिनै मुठीभर ठुला उद्योगी भनिएका व्यापारिक घराना भनिएकाहरुले यो देशको उद्योग व्यापारको क्षेत्रमा लादेको तानाशाहीको रुपमा तितो यथार्थ उभिएको छ । हो यस्तो कुसस्कारलाई तोडेर लाखौ लाख नेपालीलाई रोजगार दिन सक्ने नयाँ सोचका युवा उद्यमीलाई प्रोत्साहन गर्न सक्ने देशभक्त उद्योगी नेपाल उद्योग बाणिज्य महासंघमा नेतृत्व देशले खोजेको छ ।
जसले देशमा खरबौ रुपैया लगानी ल्याउन सकोस , त्यो सकेन भनेपनि नेपालमा रहेका स्रोतहरुको पहिचान गरी देशलाई आवश्यक पर्ने वेशिक दैनिक उपभोग गर्ने सुविधायुक्त सामान देखि सामान्य खालका सामान उत्पादन गर्ने योजना सरकारसँग पेश गर्र्न सक्ने सरकार उद्योगी मिलेर सवै नेपाली नागरिकलाई रोजगार दिनुको साथै देशको अर्थतन्त्रलाई माथि उठाउने, र मेडि ईन नेपाल ट्याग लगाएर विश्वमा सामग्री बेच्न सक्ने क्षमता भएको नेतृत्व देशले खोजेको छ । के यास्तो नेतृत्व उद्योग बाणिज्य महासंघको ५७ औ साधराणभावाट देशले प्राप्त गर्न सक्छ त ? प्रश्नहरु उठेका छन् । यो नेपाल उद्योग बाणिज्य माहासंघमा अवद्ध सदस्य उद्योगीहरुको मात्र प्रश्न होइन । यो प्रश्न, चिन्ता देशको अर्थतन्त्रसँग जोडिएको प्रश्न हो । किनकी सवै अर्थतन्त्र उद्योग, व्यापार सँगसँगै नेपालीहरुको जनजीविकासँग सम्बन्ध छ । नेपालमा प्रत्येक बर्ष महगी बढ्दै गएको छ । उत्पादन घट्दै गएको छ । आयात बढ्दै गएको छ । निर्यात घटेको छ । केही उद्योगले निर्यात गरेको रेकर्ड देखिए पनि सरकारले दिइने भ्याट रिटनको सुविधा लिन खुल्ला सीमानाको दुरुपयोग केही उद्योगीले गरेका छन् । त्यो वास्तवमा खुल्ला सीमानाको उपयोग त धेरै भन्दा धेरै कुनैपनि बस्तु नेपालमा उत्पादन गरेर बेच्न सक्नुप¥थ्यो तर उतैवाट ल्याएर यतावाट बेचेको बनाएर सुविधा लिने चलनले मात्र देशको उद्योग, व्यापार बढेको प्रगति भएको मानिदैन ।
यस्ता गहन बिषयहरुमा निर्मम हुनसक्ने आटिलो उद्योग, बाणिज्य तथा अपुर्ति मन्त्री र यस्ता नीतिहरुलाई कार्यन्वयनमा लान भित्री मनदेखि लाग्न सक्ने उद्योग, बाणिज्य तथा अपुर्ति सचीव र देशको नीति र उद्योग बाणिज्य महासंघमा आवद्ध देशलाई माया गर्ने देशको अर्थतन्त्र मजवुद बनाउन सक्ने क्षमता भएको उद्योग बाणिज्य संघको अध्यक्ष भावी अध्यक्षहरुले नेतृत्व गरेर निरास बन्दै विदेश पलायन भएका लाखौ युवाहरुलाई नेपाल फर्काउन सक्ने वातावरण बनाउन सकेमात्र वीर नेपालीको रगत र पसिनाले आज्र्यको राष्ट्रको इतिहास र गौरव रहन सक्छ । नभए संघ, संस्थाका नाममा हुल जम्मा गरयो केही मुठीभरहरुको अगाडी पछाडी लाग्यो हो हल्ला गरयो एउटाले जित्यो अर्कोले हारयो । तर देशको अवस्था जस्ताको तस्तै मात्र होइन परनिर्भर हुदै मागेर खाने देश जस्तो अवस्थामा देश पुगेर देशका युवाजति विदेश पलायन हुने र कुनैदिन नेपाली समुदाय नै अल्पमतमा परेर नेपाल देशको अस्तित्व नै नरहने अवस्था आउन सकने हुनाले देख्दा सामान्य लाग्ने तर डरलाग्दो अवस्थावाट गुज्रीएको उद्योग बाणिज्य क्षेत्रमा भइरहेका बिकृतिहरु तत्काल सुधार गर्नुपर्ने देखिन्छ।
यतिवेला नवनियुत्त उद्योग, बाणिज्य तथा अपुर्ति मन्त्रीलाई बधाई दिन मानिसहरु लर्को लागिसका छन् । भने उद्योगका सेटिङवालाहरु निर्वाचनले अल्झेका छन् ।
निर्वाचन लगतै बधाई दिन सेटिङ मिलाउन मन्त्रालय धाउने र सधै देशलाई निसासिने अवस्थामा राख्ने सोच बोकेर मन्त्रालय छिर्लान् । यस्ता सोच राख्नेहरुलाई त्रस गरेर देशको दिर्धकालीन उद्योग, व्यापार, र स्वदेशी लगानीमा चलेका उद्योग र समग्र देशको पक्षमा भएका उद्योगीहरुलाई प्रोत्साहन र बिचौलिया सेटिङवालाहरुलाई वहिष्कार गरेर जान सक्नुपर्छ । विगतका संकृर्णहरुवाट माथि उठ्नै पर्छ । उठाउनै पर्छ भन्ने सोच सम्बन्धित निकायमा नेतृत्व गरेकाहरुवाट आओस् । नयाँ बर्षको खुशीसँगै यस्ता निर्णयहरु कामहरु नेपाली जनताले देख्न पाउन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend