logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

बेंगलोरमाथि कोलकाताको शानदार जित


  • जन आकाश
  • शुक्रबार, चैत्र २४ २०७९

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शार्दुल ठाकुरले शानदार ब्याटिङ अनि स्पीनरहरुले घातक बलिङ गरेपछि कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले पराजित गरेको छ ।



बिहीबार घरेलु मैदान इडन गार्डेनमा जित निकाल्ने क्रममा कोलकाताका लागि शार्दुलले आक्रामक ब्याटिङ गर्दै २९ बलमै ६८ रन बनाएका थिए । बलिङमा वरुण चक्रवर्तीले ४ तथा यसै खेलबाट डेब्यु गरेका सुयास शर्माले ३ र सुनिल नारिनले २ विकेट लिए ।

पहिलो जितपछि कोलकाताले दुई खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा पञ्जाबसँग कोलकाता पराजित भएको थियो । पहिलो खेलमा मुम्बईलाई हराएको बेंगलोरको भने यो पहिलो हार हो ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले खराब सुरुवात गरेपछि रहमानुल्लाह गुर्बाज र शार्दुल ठाकुरको अर्धशतकमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । ८९ रनमै ५ विकेट गुमाएको कोलकाताका लागि शार्दुल र रिंकु सिंहले १०३ रनको साझेदारी गरे । सातौं नम्बरमा ब्याटिङ गरेका शार्दुलले २९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६८ रन बनाए ।

ओपनर गुर्बाजले ४४ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा ५७ रन जोडे । यस्तै रिंकु सिंहले ३३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ४६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मन्दिप सिंह र आन्द्रे रसेल खाता नखोली आउट भएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend