logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

ऐन कानुन भित्र रहेर काम गर्नेछौ, कसैलाई काखा कसैलाई पाखा भन्ने समाचार झुट्टा हुन्ः मन्त्री शर्मा


  • जन आकाश
  • शनिबार, चैत्र २५ २०७९

मोहन कार्की ।
काठमाडौ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले हालसालै केही पत्रपत्रिका आएका समाचारप्रति इङिगत गर्दै कसैलाई काखा कसैलाई पाखा नगरिएको बताएकी छन् । मन्त्री शर्माले “एन नियमावली भन्दा बाहिर हामी गएका छौनौ कहिल्यै त्यस्तो हुन नदिने पनि प्रतिबद्धता व्यक्त गर्दछु ।” अर्को एक प्रशंगमा नेपालमा बिभिन्न खालका ऐन नियमावलीहरु परिवर्तन भएका छन् । तर नेपालको सञ्चार ऐन नियमावली पुरानै २०१७, १८ तिरको नै भएको र त्यस नियमावलीहरुलाई समय सापेक्ष परिवर्तन गर्न खोज्न अर्को नै अर्थ लगाएर ठुला भनिएका मिडियावाट समाचार बङग्याएर लेख्ने गरेका छन् । यस्तो अवस्था आउदा कतै ऐन नियमावलीहरु नै परिवर्तन गर्न नै नचाहेका हुन की भन्ने भान पर्ने गरेको छ ।”भन्दै “त्यस्ता ऐन नियमहरुलाई मिडियाहरु कसरी बाच्न सक्छन् भन्ने सुझावहरु लिएर काम गर्न थालेको छौ ।



सञ्चारमाध्यमहरु भनेका देशका महत्वपुर्ण अङग हुन् हिजो त्यो चाहे प्रजातन्त्र ल्याउन मिडियाले खेलेको भुमिका होस् वा गणगन्त्रका लागि जनयुद्धको लागि मिडियाको भुमिका अहम रहेको छ । यो क्षेत्र बाहिरी रुपमा जे देखिए पनि भित्री रुपममा आ– आफ्नै कथा व्याथाहरु रहेका छन् । यस्ता कथा व्यथाका कुराहरुलाई समानुपातिक बिज्ञापन प्रणाली लागु गर्ने बिषयमा मन्त्रालयले काम गरिहरेको” बताएकी थिइन ।

आज नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको २३ औ साधरणसभामा प्रमुख अतिथिको रुपमा आएकी मन्त्री शर्माले लोककल्याणकारी बिज्ञापनको बिषयमा छलफल भईरहेको र बर्गीकरण गर्दा हुने अनियमितता भएको बिषयमा आफुहरुले खोजवीन गर्ने र कारवाहीको दायरामा ल्याउने आइदा त्यस्ता कार्य कसैलाई गर्न नदिने भनि आश्वस्त पारेकी थिइन उक्त विषयलाई नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष तथा त्यस कार्यक्रमका सभापति समेत रहेका सुर्य सुवेदीले बर्गीकरणमा भेदभाव हुने गरेको गुनासो राखेका थिए ।

आदर्श पत्रकारिता पुरुस्कार २०७९ किशोर नेपाललाई
आज नै पत्रकार महासंघ काठमाडौ शाखाले २३ औ साधारणसभामा आर्दश पत्रकारिता पुरुस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने कार्यक्रम रहेको थियो । तर किशोर नेपाल कार्यक्रम उपस्थिति हुन नसकेको र पुरुस्कृत भएका नेपालले छोरा सुदीप नेपाललाई पठाईको शुभकामना लेखी सन्देश पठाएका थिए । उक्त सन्देश मञ्चमा पढेर सुनाईएको थियो ।

पत्रकार महासंघमा आवद्ध बिभिन्न व्याक्तित्वहरुले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रममा वरिष्ठ पत्रकार देवेन्द्र चुडालले समानुपातिक बिज्ञापन प्रणालीको निमावली बन्न नसकेको र त्यो छिट्टै बन्नु पर्ने अवगत मन्त्रीलाई गराएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका काठमाडौ शाखाका निवर्तमान अध्यक्ष शान्तराम विडारीले स्वदेशी लगानीमा सञ्चालित मिडियाहरु धारासायी हुन लागेका र विगतमा लोकतन्त्र गणतन्त्र स्थापना गर्न अहम भुमिका खेलेका र्एतिहासिक पत्रिकाहरु लोप हुदै गएको छ । यसरी स्वदेशी लगानीमा चलेका र राष्ट्रका लागि भुमिका निर्वाह गरिहरेका पत्रपत्रिका बचाउन पहल गर्नुपर्ने र विगतमा गोकुल बास्कोटा सञ्चारमन्त्री हुदा लोककल्याणकारी बिज्ञापनको रकम १५ प्रतिशले बृद्धि गरेर उहाको ईतिहास स्वर्ण अक्षर लेखिएको छ । त्यसैगरी अहिलेको वर्तमान मन्त्री ज्यूले लोककल्याणकारी बिज्ञापनमा ५० प्रतिशत बृद्धि गर्न त्यति नसकेपनि ४० प्रतिशतसम्म बृद्धि गर्न साप्ताहिक पत्रपत्रिका र साना लगानीका पत्रपत्रिकालाई बचाउन मन्त्रीलाई मञ्चवाट नै ध्यानकर्षण गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघमा पदाधिकारीहरु, उपत्यका प्रदेशका पदाधिकारीहरु, नेपाल प्रेस युनियन, प्रेस चौतारी लगायता संघ, संस्थाका पदाधिकारीहरुको बिशेष अतिथि अतिथि बनाईको थियो ।

सोही अवसर पारेर कोभिडको बेला पत्रकारहरुलाई सहयोग गर्ने व्याक्तित्वहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रमलाई दुई शत्रका बिभाजन गरिएको थियो । पहिलो शत्रमा उद्घाटन र दोस्रो शत्रमा बन्द शत्र गरिएको छ । अहिले पहिलो शत्र सकेर दोस्रो बन्द शत्र अनाम नगरको किम्ची रेष्टुरेण्टमा चलिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend