जन आकाश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनमा वस्तुगर्त तर्फको केन्द्रीय सदस्य पदको उम्मेदवारी दिएका पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन, ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष समेत रहेका खुम बहादुर सुवेदीले व्यक्तिलाई समस्या पर्नु भनेको राष्ट्रलाई समस्या पर्नु हो भन्ने भनाई राख्ने गरेका छन् ।
उनले आसन्न हुन लागेको नेपाल उद्योग बाणिज्य महासंघको ५७ औ साधराणसभा र निर्वाचनका सार्वजनिका कार्यक्रमहरुमा व्यवासयी घेटघाटमा उक्त कुरा राख्ने गरका छन् । यस्त समस्या आउन नदिन म निर्वाचित भएर आएपछि व्यवसायी र सरकारसँग गर्नुपर्ने सहकार्य कार्यसमितिमा मेरो अनुभवलाई राखेर व्यवासायीलाई पर्न जाने समस्या त्सस समस्या के को कारणहरुले आए भन्ने बिषयमा उठान गरी भरपर्दो काम गर्ने मेरो योजना योजना छ । उनले भने ।
उनले थपेका छन् । टानमा मैले दुई वर्षभन्दा बढी नेतृत्व गरेँ । मैले आफ्नो व्यवसायलाई छोडेरै टानलाई समय दिएको थिएँ । महासंघमा पनि पुरा समय दिएर काम गर्ने छु । पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायीहरूको साथ–समर्थन रहेको र व्यावसायिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा आफूले पु¥याउँदै आएको योगदानलाई मूल्याङ्कन गर्दै आफूलाई महासंघको सदस्यमा व्यवसायी साथीहरुले निर्वाचित गराउने विश्वास लागेको पनि बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend