logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

त्यागी स्मृति सम्मान प्रतिभा चयन


  • जन आकाश
  • सोमबार, चैत्र २७ २०७९

 



जयराम विडारी ।
काठमाण्डौ । बीडी त्यागी स्मृति केन्द्रले बीडी त्यागी स्मृति सम्मान २०८० को लागि पाँच प्रतिभा चयन गरेको छ । केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा आज बिहान बसेको कार्य समिति बैठकले बीडी त्यागी स्मृति सम्मान साहित्यकार राधेश्याम लेकालीलाई , एक सय एक रुपैयाँको सिक्काको थैली रहेको बीडी त्यागी स्मृति पुरस्कार साहित्यकार रामचन्द्र दाहाललाई , बीडी त्यागी योगदान सम्मान प्रकाशक तथा साहित्यकार रामदेव पाण्डे र बीडी त्यागी प्रतिभा सम्मान साहित्यकार सरु पोखरेललाई अर्पण गर्ने निर्णय गरेको छ ।

यसरी नै केन्द्रले हरेक वर्ष साहित्यिक गतिविधि र उत्थानका लागि अनुकरणीय कार्य गर्ने गैर साहित्यिक व्यक्तित्वलाई दिइने नेपथ्य सम्मान यस पटक बुढानिलकण्ठ नगरपालिका १२ नम्बर वडाका वडा अध्यक्ष शम्भु भट्टराईलाई अर्पण गर्ने भएको छ ।

उपन्यासकार शङ्कर भारती संयोजक र साहित्यकार गङ्गा पौडेल र सस्थाका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहेको तीन सदस्यीय प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरिएको केन्द्रले जनाएको छ ।आगामी बैशाख १८ गते साहित्यकार बीडी त्यागीको बिसौ स्मृति दिवसको अवसरमा एक कार्यक्रम बीच सम्मान अर्पण गरिने अध्यक्ष कृष्ण आचार्यले बताउनु भयो ।

१०८ स्वामी गोपालानन्द गिरी परिचयात्मक काव्य,बन्द झ्यालको शिशा भित्र कथा सङ्ग्रह ,उत्पात हास्यव्यङ्ग्य उपन्यास ,बैराग्य नाटक, सुभेच्छा कवितात्मक एल्बम,अठार अध्याय गीता महात्म्य,धोती न टोपी लोककथा सङ्ग्रह ,समृद्धि सपना राजनैतिक उपन्यास ,चार थुम्का उपन्यास सङ्ग्रह कृतिहरु प्रकाशित भएका साहित्यकार बीडी त्यागीको २०६० साल बैशाख १९ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । वहाँको निधन भएपछि वहाँको सम्झनामा स्थापना गरेको बीडी त्यगी स्मृति केन्द्रले हरेक वर्ष स्मृति दिवसमा सम्मान अर्पण गर्दै आएको छ । हाल सम्म सय जना भन्दा बढीले त्यागी स्मृति सम्मान प्राप्त गरिसक्नु भएको छ भने वहाँको हीरक जन्मजयन्तीको अवसरम एकै पटक पचहत्तर जना स्रष्टाहरुलाई त्यागी हीरक जयन्ती सम्मान अर्पण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend