जन आकाश
काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ ।
सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत “इन्स्योरेन्स” को पे प्रिमियम “ मा गई आइएमर्ई लाईफ नविकरण” क्लिक गरि मागिएको विवरण प्रदान गरि केहि सेकेन्डमै आफ्नो पोलिसी नविकरण गर्न सक्नेछन् ।
उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नविकरण गर्न प्रोत्साहान गर्ने उदेश्यका साथ उपलब्ध गरिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend