जन आकाश
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर आज पनि उठ्न सकेको छैन ।
सङ्घ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितल निवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आइतबारबाट सिंहदरबारको फोहोर नउठाउने भनेका थिए ।
उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरूले उनको विरोध गरेका छन् । राजनीतिक दलका नेताहरूले जिम्मेवार पदमा बसेर गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको विरोध गरेका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend