logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव २ बजेबाट


  • जन आकाश
  • बिहिबार, चैत्र ३० २०७९

काठमाडौं । उद्योग वाणिज्य महासंघको दोस्रो चरणको चुनाव २ बजेबाट सुरु हुने भएको छ । पहिलो चरणमा ५० प्रतिशतभन्दा धेरै मत वरिष्ठ उपाध्यक्षको उम्मेदवारले नल्याएपछि पुनः आज मतदान हुने भएको हो ।



अब वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । रामचन्द्र संघई चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । पहिलो चरणको मतदानमा अन्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत पाए ।

महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, अहिले चुनावी प्रतिस्पर्धा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत अपुग्न भएको हो ।

कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकोले पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ । जसअनुसार दोस्रो चरणको मतदान हुन लागेको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend