logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बोर्डवाट १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत


  • जन आकाश
  • बिहिबार, चैत्र ३० २०७९

काठमाडौं । लगानी बोर्डले १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको छ । जलविद्युत आयोजनामा १ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी गरी कुल १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ ।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा बसेको बोर्डको ५३ औं बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका अनुसार अरुण जलविद्युत परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

बोर्डले विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्ड समक्ष पेश गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेको छ । बैठकले १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी १ परियोजनाको ३३ अर्ब १९ करोड, ७० मेगावाटको दूधकोशी(२ जलविद्युत परियोजनाको २० अर्ब ३५ करोड, ७०.३ मेगावाटको सेम्बुवा खोला जलविद्युत परियोजनाको १३.४४ अर्ब र ४३ मेगावाटको अपर मादी खोला जलविद्युत आयोजनाको ७ अर्ब ९३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।

बोर्डले जर्मन कम्पनीले मल कारखाना स्थापना सम्बन्धमा अध्ययन अनुमतिका लागि पेश गरेको प्रस्ताव अनुसार विकासकर्तासँग सम्पन्न गर्ने समझदारी पत्र र डाबर नेपालको पूँजी तथा क्षमता वृद्धि परियोजना कार्यान्वयन गर्न सम्पन्नगरी सम्झौतापत्रको समस्यौ पनि स्वीकृत गरेको छ । मल कारखाना स्थापना गर्ने बारे मलेसियाको कम्पनले पेश गरेको प्रस्तावलाई समेत स्वीकृत प्रदान गरेको बोर्डले जनाएको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend