जन आकाश
काठमाडौ । नयाँ वर्ष २०८० को पावन अवसरमा यस सन्राईज क्यापिटल लिमिटेडले वर्तमान पुंँजीवजारको अवस्थालाई ध्यानमा राखी आफ्ना ग्राहकवर्गहरुलाई दीर्घकालिन लगानीमा सहभागिता गराउने तथा आकर्षक प्रतिफल उपलब्ध गराउने लक्ष सहित लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ एस आई पिपोर्टफोलियो योजना (SIP Portfolio Scheme) संचालनमा ल्याएको छ ।
उक्त योजनामा सहभागि हुने लगाानी कर्ताहरुले निश्चित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्ने हुन्छ । उक्त रकम यस कम्पनीको लगानी व्यवस्थापन विभागमा कार्यरत प्रबन्धक लगायका दक्ष जनशक्तिद्धारा दीर्घकालिन प्रतिफल प्राप्त हुने व्यवस्थित धितोपत्रहरुको पोर्टफोलियोमा लगानी गर्ने गरिन्छ ।
धितोपत्र बजारमा सहभागि हुन चाहने तर आफ्नो लगानी आफै व्यवस्थापन गर्न समय वा विशेषज्ञताको अभाव रहेका लगानीकर्ताहरुका लागि यो योजना एक लोकप्रिय लगानी विकल्प हो । हाल घट्दो बजार परिस्थितिमा यस योजनाले लगानी कर्ताहरुको जोखिम न्युनिकरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्दछ ।
यस योजनामा सहभागि हुन चाहने लगानी कर्ताहरुले न्युनतम ३ लाख लगानी गर्नुपर्नेछ, नियमित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्नेछ, लगानी अवधि पाँच वर्षको हुनेछ र साना तथा ठूला सबै किसिमका लगानी कर्ताहरुका लागि यो योजना लाभदायि सावित हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend