जन आकाश
काठमाडौ । बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका -८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए । खत्रीकाअनुसार जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको छ ।
वासुदेवको कसले र किन हत्या गरेको हो भनेर खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend