जन आकाश
काठमाडौ । नेपाल इन्टरनेट फाउन्डेसनले वैशाख १ गतेदेखि पोडकास्ट ‘डिजिटल टक’ सुरू गर्ने भएको छ । उक्त पोडकास्ट सिरिज डिजिटल नेपाल फ्रेमवर्कमा भएका ८ क्षेत्र र ८० डिजिटल पहलहरूमा केन्द्रित हुनेछ ।
डिजिटल नेपाल फ्रेमवर्कमा केन्द्रित डिजिटल टक पोडकास्टले नेपालमा प्रविधिको पछिल्लो प्रवृति र विकासका बारेमा गहिरो छलफलका लागि प्लेटफर्म उपलब्ध गराउने छ । नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको पोडकास्टमा सरकारी अधिकारी, प्रविधिप्रेमी, नागरिक समाज, व्यवसाय निजी क्षेत्र जस्ता विभिन्न क्षेत्रका विज्ञहरू सहभागी हुनेछन्, जसले डिजिटल नेपाल फ्रेमवर्कले देशको डिजिटल परिदृश्यलाई कसरी रूपान्तरण गरिरहेको छ भन्ने बारेमा आफ्नो अन्तर्दृष्टि र अनुभवहरू साझा गर्नेछन् ।
डिजिटल नेपाल फ्रेमवर्क देशमा डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न नेपाल सरकारले विकास गरेको बृहत् योजना हो । ढाँचाले दिगो आर्थिक बृद्धिलाई समर्थन गर्ने, सरकारी सेवाहरूमा सुधार गर्ने र नेपाली नागरिकहरूको जीवनस्तरमा सुधार गर्ने डिजिटल पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छ ।
ढाँचासँगै नेपाल यस क्षेत्रमा आविष्कार र डिजिटल उद्यमशीलताको हब बन्न तयार छ। पोडकास्टले डिजिटल फाउन्डेसन, कृषिका लागि डिजिटल, स्वास्थ्यका लागि डिजिटल, शिक्षाका लागि डिजिटल, पर्यटनका लागि डिजिटल, वित्तका लागि डिजिटल र शहरी पूर्वाधारका लागि डिजिटल जस्ता डिजिटल नेपाल फ्रेमवर्कसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेट्नेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend