जन आकाश
मोहन कार्की ।
यतिवेला नेपालका २०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन भएर विविध कारणले खाली हुन गएका तीनवटा निर्वाचन क्षेत्रहरुमा उपनिर्वाचन यहि बैशाख १० गते हुदैछ । चितवनको क्षेत्रन २ लमजुङगको क्षेत्र १ बाराको क्षेत्र न. २ मा हुने निर्वाचनलाई लिएर बिभिन्न खालका टिका टिप्पणी राजनीतिक पार्टीका नेता, सामाजिक अभियान्त,सर्वसाधरण देखि अन्तराष्ट्रिस्तरमा समेत नेपालको उपनिर्वाचनलाई लिएर तातो बहस शुरु भएको छ ।
यहि बिषयलाई लिएर पुर्व कार्यक्रम प्रस्तोता, गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवनमा जनमत उर्लदो छ । यतिवेला देशभरिका युवा पुस्ता चितवनमा पुगेका छन् । देश विदेशवाट युवा नेतृत्वलाई पुनः ल्याउनुपर्छ भनेर सर्वत्र देशनै जुरुक्क उठाउला झै माहोल उठेको छ । जताततै रविका कुरा हुन थालेका छन् । चितवन, तनहूका रुख, पात, पतिङगर, खोला, नाला वनपाखाहरु समेत स्वतन्त्र पार्टीका उम्मेद्धारको पक्षमा छन् । चराहरुले चिरविरउदा समेत रवि र स्वर्णीमको गीत गाएको जस्तो सुनिन्छ । मन्दिरमा घण्टी बज्दा समेत रवि र स्वर्णीमको पक्षमा घण्टी बजेको भनेर भक्तजन समेत एकजुट भएजस्तो देखिन्छ ।
तर त्यही कुरा पुराना र नयाँ थपिएका राजनीतिक दलका नेताहरुलाई मन परेको छैन । मन नपरेपनि जनताको जनमतसँग केही नलाग्ने भएपछि घृणित खेलहरुको जालो बुनेर दुर्गा प्रसाई जस्ता देशको ऋण नतिर्न उर्दी जारी गर्ने देशलाई असफल बनाउन खोज्ने मेडिकल व्यवसायी तर पछिल्लो समय अभियान्ताको रुपमा देखिएका प्रसाईलाई राजनीतिक दलहरुले प्रयोग गरी स्क्याण्डल गराउदै स्वर्णीम वाग्ले र रवि लामिछानेलाई सदनमा आउन रोक्न सकिन्छ की भन्ने प्रपञ्चमा लागेका जस्तो भान हुन थालेको छ ।
सररकारमा आलोपालो गर्दै स्वाद चखिरहेका पार्टीका नेताहरुको भने चितवन र तनहुमा हुन लागेको उपनिर्वाचनमा युवा पुस्ताको जन लहर उर्लदै आएको र जनताले पुराना पार्टी र पुराना नेतालाई छोडेर नयाँ परिवर्तन खोजेको देखेर सधै सत्ताको वरिपरि धुमेर तर मार्न पल्केकाहरुको मुख रातो,दिमाख तातो भएर जरो फुट्ने अवस्थामा पुगेको सहजै देखिन्छ । दुर्गा प्रसाईलाई प्रयोग गरेर गलत प्रसार प्रसार गराउदा समेत जनताको जनलहर कम नभएपछि सत्ताको दुरुपयोग गरेर रातारात ढवाङ चेन्ज गर्न सकिन्छ कि भनेर मुख रातो पार्दै रातारात वैठक बसिरहेको भित्रभित्रै षयन्त्रहरु गरिरहेको थाहा हुन आएको छ ।
षयन्त्रका जालो बुन्न माहिर नेपाली काँग्रेस, नेकपा एमाले, पछि थपिएको नेकपा माओवादी केन्द्र पनि यस्तै षयन्त्रकारी अभियानमा सम्मिलित भईरहेको भन्ने जानकारीहरु प्राप्त भईरहेका छन् । यस्तै षयन्त्रहरुलाई मलजल गर्न भुरे टाकुरे पार्टी खोलेर शहरमा बसेर ठालु पल्टिने डोके, नाङले फुङले पार्टी नामका र पशुपतिमा नसेलाउनजेलसम्म पार्टीको प्रमुख र ठुला पदहरु ओगटेर बस्नेहरु समेत युवा पुस्ताको नयाँ सोचलाई रोक्न नेपालको आमुल परिवर्तनलाई रोक्न स्याल र कागको बथानमा मिसिएका छन् ।
विश्वका धेरै देशमा सफल भएको लोकतान्त्रिक व्यवस्थालाई नेपालमा असफल बनाउने र सधै लोकतन्त्रको ठुला ठुला भाषाण गर्ने स्याल र कागहरुको समूह एकातिर उभिएको छ । भने एउटा मात्र समूह जो देशको समय अनुसारको नेतृत्व गर्न युवापस्ताको जनलहर चितवन र तनहुमा उत्रिएको छ ।
त्यो जनमतलाई निरास पार्न र उत्साह बोकेर देशको नयाँ नीति, समय अनुसार नेपालको सामाजिकीकरण गर्छ्रू भनेर सोच बोकेका युवाहरुलाई रोक्न रवि र स्वर्णीम वाग्लेलाई असफल बनाउन सकियो भने सधै गफ गरेर काम नगरि बस्ने अकुत सम्पति थुपारेर छोराछोरी विदेश पढ्न पठाउने र गरिवका छोराछोरीलाई अदर्शका कुरा छाटेर बराल्ने अनि दास बनाउने नेताहरुले ठुला भनिएका मिडिया किनेर प्रचारमा लगाउने ब्वासा सैलीका पार्टीहरुका केही–केही नेताले सिगो पार्टी प्रभावमा राखेर हाली मुहाली गर्ने र पार्टी भित्रका सोजा सिधा कार्यकर्तालाई दास झै पिसिरहने र यस्तै नियतहरु यथावत राख्न सकिन्छ कि भन्ने अन्तिम प्रयत्न गरेको देखिन्छ ।
यस्ता नियतीहरुलाई चितवनवासी, तनहुका जनताले सफल हुन दिने छैनन् भन्ने देश–विदेशमा रहेका जनताको मत छ । तर जनतमत प्रकट गर्ने अधिकार उपनिर्वाचनमा चितवन, तनहु, बाराका जनतामा रहेको छ । त्यसकारण लोकतन्त्रमा जनमतलाई कदर गर्नुपर्छ । लोकतन्त्रको सिद्धान्त हो । त्यो भन्दा अगाडी निर्वाचन आसपासमा भईरहेको उम्मेद्धारहरुको व्यक्ति विशेषलाई लिएर कपोल कल्पित लान्छाना लगाउने गरी सामाजिक सञ्जालमा ल्याईएका अम¥यादित युटुवर प्रयोग गरी अभियान्ताको रुपमा दुर्गा प्रसाई मार्फत भएका गतिविधि सोभनिय देखिदैनन् ।
कतिपय बिषयमा रवि लामिछानेका समर्थकहरुले पनि उत्तेजित भई दिने अभिब्यक्ति शोभनिय छैनन् । त्यसैले परिवर्तनको पक्षमा लाग्ने आम नागरिकहरुले म¥यादित हुन बढी मेहनत गर्नुपर्ने हुन्छ । यथा अवस्थामा रमाउन चाहानेहरुले आफ्नो रक्षा गर्छन । तर रक्षा गर्ने तरिकामा प्रष्ट समाजले पचाउन नसक्ने गरी गरिने हर्कतहरु आईरहेका छन् । त्यसकारण सयमित हुदै प्रष्टसँग उम्मेद्धारहरुले जनतामा राख्ने योजनाहरु सहज ढंङवाट जानुपर्छ लान्छना गाली गलौजले सभ्य, समाजलाई गिज्याउछ । त्यसैले राजनीतिक पार्टीका नेताहरु मुख रातो होइन देशका जनताले दुखः पीडा, अफ्ठ्यारो लाई फुकाएर कसरी सेवा सुविधा जनतालाई दिन सकिन्छ । जनताले अपनत्व हुने व्यवस्था कसरी निर्माण गर्न सकिन्छ । त्यता पर्टी ध्यान दिएर काम गरयो भने राम्रो ईतिहास लेख्ने अवसर छ । इतिहाँस जो कसैले बनाउदैन र त्यस्तै खालको काम गर्ने अवसर एक पटक आउछ । पटक पटक आउदैन । विग्रेको सिस्टमलाई सुधारेर काम गर्न सकेको खण्डमा असल इतिहास यहि कालखण्डमा लेख्ने हो भने अर्कोले त्यो इतिहास लेख्ने अवसर नै पाउदैन । यस्तो महत्वपूर्ण इतिहास बनाउन लाग्दा चै राम्रो हुन्छ होला ।
यस्तो काम गर्ने तर्फ पार्टीका नेताहरु लाग्दा राम्रो हुन्छ । मुख रातो पारेर षयन्त्र गरेर केही प्राप्ति हुदैन । दुई चार दिनको एक दुई बर्षको लागि प्राप्ति होला जनताले ढिलो चाडो थाहा पाईहाल्छन् । जनताले यस्ता षयन्त्रहरु थाहा पाएको दिन ईतिहास राम्रो लेखिदैन । नराम्रो इतिहास लेख्ने कु कर्म कुनैपनि पार्टीका नेताहरुले नगरुण ।
यो समाचार आजको जनआकाश राष्ट्रिय साप्ताहिकमा प्रकाशित छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend