logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगिँदै


  • जन आकाश
  • बुधबार, बैशाख ६ २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको हो ।



श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

स्रोतका अनुसार राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ । इन्फेक्सन नघटेपछि उनलाई भारतको एम्स अस्पतालमा उपचार गराउन लैजान लागिएको हो ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो ।

विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । तर सोमबार निकालिएको पानीको नमूनाको परीक्षण रिपोर्ट आयो कि आएन वा के आयो भन्ने खुलाइएको छैन ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend