जन आकाश
काठमाडौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा २०८०/१/६ गते बुधबारका दिन भैरहवामा सम्पन्न भएको छ । सो सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइप इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने / गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको छ ।
त्यसै गरी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइप इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारीत गरेको छ ।
साथै तिनबटै कम्पनिको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौता पत्र,सहमती पत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने , चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक मुल्यांकन कर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि बाँकीका कार्यवाही प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा् हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारीत भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend