जन आकाश
मोहन कार्की ।
सुर्खेत । नगरपालिकामा निर्वाचित कानुनी जिम्मेवारी र समावेशीकरणको अभ्याश साथै अनुभव सम्बन्धि २ दिने अनुशिक्षण् कार्यक्रम सम्पन्न भएको छ ।

यहि बैशाख ४ र ५ गते कर्णाली प्रदेश सुर्खेत जिल्लाको वीरेन्द्र नगरपालिकास्थित शुभम् होटलमा भएको दुईदिने अनुशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका नगरपालिकाहरुवाट निर्वाचित भएका जनप्रतिनिधिहरु, बिशेष गरेर वडाहरुमा अल्पसंखिक, दलीत, पिछडा बर्गका महिलाहरु अनुशिक्षणमा भाग लिन वीरेन्द्र नगरमा आएका थिए । नेपाल नगरपालिका संघको आयोजनामा जिआई जेटको सहयोगमा भएको उक्त कर्यक्रममा संविधान विद कासीराज दाहालले प्रशिक्षण दिएका थिए ।
त्यस कार्यक्रमको सभापति कणाली प्रदेश नेपाल नगरपालिका संघका संयोजक तथा गुुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले गरेका थिए । प्रमुख अतिथि नेपाल नगपालिका संघका केन्द्रीय सदस्य तथा भेरी नगरापालिकाका मेयर चन्द्र प्रकाश धर्ती मगर (सिपी) ले गरेका थिए । वीरेन्द्र नगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डागी अतिथिको रुपमा उपस्थित थिए । वीरेन्द्र नगरपालिकाकी मेयर मोहनमाया भण्डारी(ढकाल) विदेश भ्रमणका कारण उपस्थित थिइनन् ।
उक्त कार्यक्रमको उद्घाटन तथा कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानीधि देवकोटाले गरेका थिए ।
कार्यक्रममा नगरपालिकाहरु भित्र हुने गरेका कानुनी समस्या त्यसको सावधान ऐनमा उल्लेख भएका र व्यवहारिक रुपमा आईरहेका समस्या त्यसको बैज्ञानिक सावधान र आउदा दिनमा हुन सक्ने सम्भावित धटना साथै नगरपालिकाहरुले कानुनी रुपमा पुरागर्नु जिम्मेवारी र त्यसको समावेशी कार्यन्वयन जस्ता बिषयमा अनुशिक्षणका साथै नगरपालिकाका जनप्रतिनिधिहरुको अनुभव समेत छलफल गरिएको नेपाल नगरपालिका संघका सूचना सञ्जाल तथा ज्ञान व्यवस्थापन संयोजक प्रमोद न्याछ्योंले जानकारी दिएका हुन् ।
कार्यत्रम समापन पछि अनुशिक्षणमा भाग लिएका प्रतिनिधिहरुलाई अनुशिक्षण प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend