जन आकाश
काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले देश बिकासमा लागि स्मार्ट गाउँको अबधारणा अघि बढाउनु पर्ने बताएकी छिन् ।
मंगलबार संसदमा बोल्दै मन्त्री श्रेष्ठले नेपालका अधिकांस गाउँहरुमा अझै पनि आम जनताले चाहेअनुसारको बिकास नभएकोमा चिन्ता व्यक्त गरिन् ।
‘मन्त्री त भइयो तर चुनौताीका चाङ छ । लाखौँ जनता भूमि विहिन छन् । गरिबीको डंगुर छ । कतै मेरो मन्त्रालय विचौलियाको थुप्रोमा टुस्स टुसाएको विरुवा जस्तै त छैन् ? घोत्लिन्छु, मन्त्रालयको फाइल अध्ययन गर्छु र संकल्प गर्छु’, मन्त्री श्रेष्ठले भनिन्, ‘देश बनाउने हो भने शहर भन्दा पहिले गाउँ बनाउनुपर्छ । स्मार्ट शहर हैन्, स्मार्ट गाउँको अबधारणा अघि सार्नुपर्छ ।’
उपयोग नगरी बाँझो राख्नेहरुको जग्गा सरकारले फिर्ता लिएर उत्पादन मुलक क्षेत्रमा काम गर्न चाहानेहरुलाई दिनुपर्ने उनले बताईन् ।
‘जमिन नजोत्ने ओगटेर मात्रै बस्ने, राजमार्गहरुमा चार तल्ले विल्डिङ ठोक्ने, एैलानी जमिन ओगटेर बस्नेको जमिन राज्यले फिर्ता लिनुपर्छ । जसले जमिनको उपयोग भन्दा बढि जग्गा ओगटेर बसेका छन् त्यो राज्यलाई फिर्ता गराउनु पर्छ । र उत्पादन मुलक क्षेत्रमा काम गर्नेहरुलाई दिनुपर्छ । यसका लागि मैले मेरै पालोमा आवश्यक कार्यबिधि तयार गरेर अघि बढाउनेछु’, उनले भनिन् । तर उनले बोलेका कुरा एैलानी जगा फिर्ता लिनुपर्छ भन्ने शव्दको बिषयमा अलिकति अध्ययन नगरी बोलेको भान हुने खालको छ । जसले एैलानी प्रायोग गरिरहेको छ भनेत उत्पादन भईराखेको हुन्छ । त्यसलाई ख्याल नगरीकन बोलेको जस्तो देखिन्छ ।
भूमिहिनहरुलाई तत्काल जमिन उपलब्ध गराउन आफु लागि परेको पनि मन्त्री श्रेष्ठ–चौधरीले सुनाईन् । ‘जमिन खनजोत गर्नेहरुको हो त्यसैले कमैया, हरुवाचरुवा, मुसहर, डोम, चेपाङ आदी भूमिहिनहरुले जमिनको लालपुर्जा पाउनैपर्छ । हजारौँ बर्ष, हजारौँ मिटर जमिन जोत्नेको आज पाँच अंगुल पनि जमिन छैन् । त्यसैले मेरै पालामा यस्ता खालका भूमिहिनहरुलाई लालपुर्जा दिने मेरो लक्ष्य हो’, उनले भनिन् ।
सहकारि मार्फत जनता ठगिएको गुनासो धेरै आउन थालेको भन्दै उनलाई त्यसको छानविन गरि आवश्यक कारवाही र समस्या न्युनीकरणका लागि विज्ञसहितको बिस्तृत अध्ययन टोली गठन गर्ने उनले बताईन् ।
उनलाई यो कुरा चै थाहा रहनछ । नेपालमा यस्ता विज्ञ टोली त हजारौ पटक गठन गरिएका तर कागज मिलाएर फाइल बनाउदै थन्काएको कृषिका लागि वेदेशमा युवालाई पठाउन प्रोत्साहित गर्ने विज्ञहरु यो देशमा धेरै भएको पत्तो रहेन छ ।
जे होस मन्त्री श्रेष्ठ–चौधरीले उठाएका मागहरु लागु भएको खण्डमा थोरै भएपनि जनताले राहात पाउथे ।
मन्त्री रन्जिताले अलि अरुकै बहकाउमा र सल्लाहकारहरुको लहडमा अलि बढी काम गर्ने गुनासो पनि छोटो समयमा नै बढेको हुनाले यस बिषयमा अलि धैर्य राख्नुपर्ने देखिन्छ । अचेल नेपालमा स्वतन्त्रको नाममा र छिटो राइज हुने नाममा हुने हर्कतले दिर्धकालीन परिणाम ल्याउदैन । समाजमा सत्य र तथ्यमा आधारित हुदैन । त्यसैले सत्य र तथ्यमा आधारित कामहरुमा बढी ध्यान जाओस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend