logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

महिला सहकारीकर्मीहरुका लागि संस्थागत अभिमुखीकरण


  • जन आकाश
  • शुक्रबार, बैशाख ८ २०८०

काठमाडौ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकासंगको सहकार्य तथा मिलन म्याग्दीको व्यवस्थापनमा महिला सहकारीहरुको संस्थागत विकास तथा अभिमुखीकरण सम्बन्धी २ दिने कार्यक्रम बुधवारदेखि शुरु भएको छ ।



अन्नपूर्ण गाँउपालिका भित्र महिलाद्वारा सञ्चालित सहकारीमा आवद्ध महिला सञ्चालक तथा कर्मचारीहरुका लागि तालिम आयोजना गरिएको छ ।

महिलाहरुले सञ्चालन गरेका सहकारीहरुको संस्थागत विकाससंगै सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीको योगदान बढाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।

महिलाहरुको आर्थिक विकास र सामाजिक अवस्था सुधार गर्नका लागि ग्रामिण क्षेत्रमा सहकारी सबैभन्दा उत्तम विकल्प हो, सहकारीमार्फत आयआर्जन, वचत लगायत क्षमता विकासमा समेत महत्वपूर्ण काम गर्न सकिन्छ, कार्यालय प्रमुख थापाले भन्नुभयो,–‘महिला शसक्तिकरणका लागि सहकारीलाई सहयोगी बनाउनका लागि सहकारीको नेतृत्व र व्यवस्थापनमा रहेका सहकारीकर्मी महिलाहरुको क्षमता विकास गर्नु पर्दछ ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend