logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय सुसेली मञ्च नेपालको पाँचौ वार्षिकोत्सब सम्पन्न 


  • जन आकाश
  • शनिबार, बैशाख ९ २०८०

काठमाडौ ।राष्ट्रिय सुसेली मञ्च नेपालले आफ्नाे पाँचौ वार्षिकोत्सबको अवसरमा २०८० बैशाख  ७ गते मातातीर्थका दिन पुस्तक विमाेचन, सुसेली गायन/ वाचन, छायांकन र वैशाख सात गते सम्म निस्केका सुसेली पुस्तकहरूका लेखक,  तीज विशेष सुसेली गायन प्रतियाेगीहरू , सुसेलीकाे विकास र बिस्तारमा सक्रिय मिडियाहरू लगायतलाई सम्मान  गरेकाे छ ।



कार्यक्रम टाेखा ९ मा अवस्थित साहित्यिक गराेकाे रूपमा चिरपरिचित खाल्टे गराे (व्याडमिन्टन काेर्ट) मा भएको थियोे ।

संस्थाका महासचिव दामोदर ढकालले सञ्चालन गर्नुभएको  यो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले गर्नुभएको थियो भने प्रमुख अतिथिमा डा. सीता विष्ट कार्की हुनुहुन्थ्यो । कार्यक्रममा विशिष्ट अतिथि गंगा लिगल, मदनराज थापा, युवराज नयाँघरे लगायत करिब १०० जना कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको सुसेली छायांकनबाट सुरु भएको कार्यक्रममा उपस्थित सबैलाई अर्का उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले स्वागत मन्तव्य राख्नु भएपछि यो कार्यक्रममा निम्न  साहित्यकारहरु र संस्थाहरू सम्मानित हुनुभएको थियो ।

पाँचौं सुसेली वार्षिकोत्सब २०८० मा सुसेली विधाको उन्नयनमा योगदानको आधारमा सम्मानित हुनुहुने कवि साहित्यकारहरु निम्नलिखित हुनुहुन्छ ।

क) अक्षयकोष अन्तरगत सुसेली सम्मान:

१. सुसेली तीर्थस्थल सम्मान: शिक्षक विदुर अधिकारी, श्रीगणेश मावि भमरकोट ।

२. डा. शेषचन्द्रा सुसेली सम्मान: कवयत्री जानुका थापा रायमाझी ।

३. राम सुशीला सुसेली सम्मान: चन्द्रावती अधिकारी ।

४. केशव विमला सुसेली सम्मान: घनश्याम पाैडेल ।

५. सुचिता ऋतु सुसेली सम्मान: डा. बमबहादुर जिताली ।

६. कृष्णचन्द्र कमला सुसेली सम्मान: डा. शैलेन्दुप्रकाश नेपाल ।

ख) सुसेली पुस्तक सम्मान:

१. “त्रिनेत्र” वृहत् सुसेली काव्य, दुर्गा अधिकारी भमरकोेटे ।

२. “हाम्रो गन्तव्य” सुसेलीसङ्ग्रह, कृष्णबहादुर केसी ।

३. “अकलामा दैवीशक्ति” सुसेलीसङ्ग्रह, लक्ष्मीप्रसाद मिश्र ।

४. “जीवन साथी” सुसेली संग्रह, टंकबहादु बजगाई खत्री ।

५. “सुस्केरा” सुसेली सङ्ग्रह, सुशीला ढकाल अधिकारी ।

६. “सुसेलीको कोसेली” सुसेलीसङ्ग्रह, तेजप्रकाश बानियाँ ।

७. “सुसेलीमाला” सचित्र सुसेली सङ्ग्रह, चन्द्रा न्यौपाने ।

८. “अचार” बालसुसेली सङ्ग्रह, पुष्कर अथक रेग्मी ।

९. “गलकोटे सुसेली” सुसेलीसङ्ग्रह, हरि शर्मा ।

१०.”सुसेली सौरभ” संयुक्त सुसेलीसङ्ग्रह, १०१ लेखकहरू ।

११.”अध्यात्म सुसेली” सुसेलीसङ्ग्रह, माधवानन्द ।

१२. डा. शैलेन्दुप्रकाश नेपालको “पद्मिनी”, सुसेली सँगालो ।
१३. डा. बमबहादुर थापा जितालीको “सुरिला नेपाली सुसेली”  ।

१४. मुरलीप्रसाद ढकालको “श्रीकृष्ण जन्मलीला” सुसेली सँगालो ।

१५. दामोदर ढकाल दिपकको “जन्मभूमि” सुसेली सँगालो ।
१६. कमला देवकोटाको “सूक्ष्म चक्षु” सुसेली सँगालो ।

१७. चन्द्रावती अधिकारीको “लमजुङे सुसेली” सुसेली सँगालाे ।

१८. पवनकुमार बुढाथोकीको “बेलाको बोली” सुसेली सँगालो ।

१९. सीता बिष्ट कार्कीको “सुमार्ग चित्र” सुसेली सँगालो ।

२०. डा. समीर कार्कीको “सुन्दर बिहानी” सुसेली सँगालो ।

२१. उत्तम विचारको ” विचारको बयेली” सुसेली सँगालो ।

२२. रामप्रसाद अधिकारीको “गोरखाली सौरभ” सुसेली सँगालो ।
२३. अम्बिका अधिकारीको “शुभ साइत” सुसेली सँगाल‍ो ।

२४. केशवप्रसाद ढकाल प्रीतबीजको “प्रेमिल सुसेली” ।

२५. सुचिता काफ्लेको “लेक बेसी” सुसेली सँगालो ।

२६. वासुदेव गुरागाईको “रातो गुलाफ” सुसेली संग्रह ।

२७. बिष्णु प्रसाद पन्तको “सम्झनाका सुसेली” सुसेली संग्रह ।
२८, कल्पना अधिकारी भट्टराईको “कल्पनाका सुसेली” सुसेली सङ्ग्रह ।

२९, ताेयानाथ सुवेदीको “सुसेली दर्शन ” सुसेली सङ्ग्रह ।

३०,जानुका थापा रायमाझीको “समयको छाल “सुसेली सङ्ग्रह ।

३१, तिलकप्रसाद लुईटेल,  नेपाल वाणी कक्षा ६ ।

३२. डा. शैलेन्दुप्रकाश नेपाल, नेपाली वाङ्गमय कक्षा ७ ।

ग) सल्लाहकार संरक्षक सदस्य सम्मान: कवयत्री गंगा लिगल ।

घ) उत्कृष्ट मिडिया सुसेली सम्मान:

१. जन आकाश साप्ताहिक ।
२. कपन बानेश्वर साप्ताहिक ।
३. गोर्खा एक्सप्रेस साप्ताहिक  ।
४. संसार न्युज डटकम ।
५. सुखशान्ति मिडिया ।
६. हिमालयन टाइम्स ।

ङ) तीज विशेष प्रतियोगिता सम्मान:

१. विमला ढकाल समीक्षा प्रथम
२. सानू शर्मा दोस्रो
३. सानू महत तेस्रो
४. शारदा आचार्य सान्त्वना
५. यशोदा गिरी सान्त्वना

च. उत्कृष्ट सकृयता सम्मान पुनम घिमिरे ।

छ. सामाजिक संजालमा वर्ष भरिनै उत्कृष्ट सुसेली राख्नु हुने सुसेली सर्जक मध्यबाट सुरेशचन्द्र घिमिरे ।

कार्यक्रमको अन्ततिर संस्थाका कोषाध्यक्ष कृष्ण केसीले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो र प्रमुख अतिथि सीता विष्ट कार्कीले यति धेरै स्रष्टाहरूलाई सम्मान गर्दै उत्कृष्ट कार्यक्रम सम्पन्न गरेकोमा सुसेली मञ्च परिवारलाई धन्यवाद दिँदै यो कार्यक्रमले आमाको सम्मानमा नयाँ आयाम थपेको आफ्नो अनुभव सुनाउनुभयो ।

अन्तमा संसारभरकै सम्पूर्ण आमाहरूमा शुभकामना र यो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सभापति भमरकोटेले सभा विसर्जन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend