logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल टेलिकमको ICT Day Offer अफर सार्वजनिक


  • जन आकाश
  • सोमबार, बैशाख १८ २०८०

काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ (National ICT Day 2023)  को अवसरमा ग्राहकहरुका लागि ICT Day Offer अफर उपलब्ध गराएको छ ।



सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ । यो अफर  २०८० बैशाख १७ देखि प्रारम्भ भएको छ र आगामी २०८० बैशाख १९ सम्म लागु हुनेछ ।

यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend