logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

न्युट्रीप्लसद्वारा शेफ सत्रको आयोजना


  • जन आकाश
  • मंगलबार, बैशाख १९ २०८०

काठमाडौ । नेपालका प्रमुख होटलका शेफहरूलाई एकै ठाउँमा ल्याएर सन्जाल बनाउन र शेफ समुदाय समक्ष न्युट्रीप्लसलाई परिचित गराउने उद्देश्यका साथ, आरएमसी फुड्सले शेफ सत्रको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको छ ।



शेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल गर्न आयोजित सत्र सफल साबित भएको छ ।

देशमा कार्यकारी शेफको उपाधि जित्ने पहिलो नेपाली शेफ गोविन्द नरसिंह केसी सत्रमा प्रमुख वक्ता थिए । उक्त नेटवर्किङ सेसनमा उनीसँगै चर्चित शेफ रत्नबहादुर थापा, शेफ लक्ष्मणप्रसाद भट्टराई, शेफ एसोसिएसनका अध्यक्ष  श्याम लामा लगायत अन्य शेफहरुको उपस्थिति रहेको थियो ।

सत्रमा शेफ समुदाय यस प्रकारका कार्यक्रम आयोजना गर्नुको महत्व, उत्कृष्ट खाना बनाउने कलाका लागि गरिने मेहेनत, उत्कृष्ट परिकार बनाउनका लागि तेलको महत्वका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मास्टर सेफ प्रोफेसनल विजेता तथा न्युट्रिप्लसका ब्रान्ड एम्बेसेडर सन्तोष शाहले ब्राण्डको हिस्सा बन्नुको कारण र आफूले खाना बनाउने क्रममा न्युट्रीप्लसले थपेको फाइदाका बारेमा बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend