जन आकाश
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुराना सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् ।
उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् । मेयर साहले लेखेका छन्, नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन । पछिल्लो समयमा उनले नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् ।
केही समय अघि मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए । उनले नेताहरुको विरोध गर्दै सिंहदरबारको फोहोर समेत उठाएका थिएनन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend