जन आकाश
काठमाडौ । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई सो मोटरसाइकल दुर्घटना भएको थियो । सो दुर्घटनामा परी पर्सौनी नगरपालिका–५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend