जन आकाश
काठमाडौ । संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन् ।
संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन् । उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो। उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend