logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नेपालकै सवैभन्दा ठुलो राष्ट्रिय झण्डा रामेछापमा उत्तोलन


  • जन आकाश
  • शनिबार, बैशाख २३ २०८०

विनोद कार्की ।
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. १ गर्जाङस्थित रमिते डाडामा नेपालकै ठुलो राष्ट्रिय झण्डा उत्तोलन गरिएको छ ।



यहि मितिः २०८० साल बैशाख २२ गते गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काको प्रमुख अतिथि र सोही पालिकाका जनप्रतिनिधि, सञ्चारकर्मी, स्थानीयको उपस्थितिमा बुद्वजयन्तीको अवसर पारेर झण्डा उत्तोलन गरिएको हो ।

उक्त झण्डा गर्जाङका स्थानीय युवाहरुको सक्रीयतामा निर्माण गरी उत्तोलन गरिएको हो । झण्डाको साईजन ४५ फिट लम्बाई र २५ फिट चौडाईको रहेको आयोजकले जानकारी दिएको छ । उनिहरुले झण्डा नेपालकै ठुलो भएको उत्तोलन गर्ने कार्यक्रममा बताएका छन् ।

उनिहरुले नेपालकै अग्लो कसरी भयो आधार के छन् भनेको प्रश्नमा आयोजकले गोर्खा जिल्लामा रहेको ४० फिट अग्लो राष्ट्रिय झण्डा राखिएको तथ्य भेटिएको र अन्य ठाउँमा त्यो भन्दा अग्लो झण्डा राखेको तथ्य नभएको हुनाले सम्भवत उक्त गोर्खाको झण्डा भन्दा गर्जाङको रमिते डाडामा उत्तोलन गरिएको झण्डा ५ फिट अग्लो भएको तर्क गरेका छन् ।

कसरी बन्यो त यस्तो योजना ?
एकदिन सोही वडाको लहरे भस्मे बजारमा युवाहरु जम्मा भई चिया गफ गर्ने क्रममा नयाँ केही गर्नुपर्छ भन्ने कुराकानी गर्ने क्रममा गर्जाङका युवा सुरेश बस्नेतले “हाम्रो गाउँको सवैभन्दा नाम चलेको पौराणिक, धार्मिक, सास्कृतिक सवै कुराले प्रख्यात स्थानमा रहेको रमिते डाडा जाहावाट सत्य युगमा औतारी लामा उडेर दोलखाको पाङनागीमा जाने र पाङनागी वाट उडेर समिते डाडामा आउनेस्थल हो त्याहा नेपालको राष्ट्रिय झण्डा स्थापना गरौ” भन्ने प्रस्ताव राखेपछि शिव सागर खड्का, पदमराज कार्कीले यो राम्रो कुरा हो यसलाई अगाडी बढाऔ भनेपछि कुनै संघ, संस्था मार्फत यो काम गर्न पाए सजिलो हुन्थ्यो भन्ने प्रस्ताव पनि यिनै स्थानीय युवाहरुले गरेको र उनिहरु आफैपनि गर्जाङ खिम्ती समाज सेवाका कार्य समिति सदस्य  रहेका र गर्जाङ खिम्ती समाज सेवाका अध्यक्ष श्याम कार्कीसँग मन्थलीमा भेटन गरी कुराकानी गरेका थिए ।

उक्त राम्रो योजना सुनेपछि अध्यक्ष कार्कीले पनि उक्त योजनालाई साथ दिएको स्थानीय पदमराज कार्कीले जानकारी दिएका हुन् ।

त्यसै वडा भित्रका स्थानीय तथा बौद्धिक व्यात्तित्व जट्टेश्वरी माविका संस्थापक प्रधानध्यापक ओम बहादुर बस्नेतले हामीले थाहा पाएसम्म यस क्षेत्रमा किरात कालका थुपै्र सास्कृतिक पौराणिक अवशेषहरु देखिएको र पछि शेर्पाहरुको बसोवास रहेको गर्जाङको नामपनि किराँती भाषामा राखिएको दृष्टान्त दिएका थिए । गरको अर्थ बिष र ज्या को अर्थ विषफेदी भन्ने अर्थ लगाएका थिए । किरातहरु पछि लामा आएर आङ थपेर गर्जाङ भएको बताएका थिए । यति महत्वपुर्ण क्षेत्रलाई लामाहरु उडेर गएजस्तै यहा केवलकारको विकास गर्न सकिए रामेछापको मात्र होइन नेपालकै प्रतिष्ठा बोक्ने पनि बताएका थिए ।

कार्यक्रम भालेपोखरी आधारभुत विद्यालयमा अमन्त्रित, अतिथि, लगायत स्थानीय जम्मा भई बाजा गाजा सहित शुरु गरिएको थियो ।

कार्यक्रमको सञ्चालन पञ्चकन्या आधारभुत विद्यालयका प्र.अ. तथा त्यहाका स्थानीय सकर बस्नेतले सञ्चालन गरेका थिए ।
उक्त झण्डा निर्माण गर्न आर्थिक, भौतिक सहयोग गर्ने व्याक्तिहरुको नाम पढेर सुनाईएको थियो ।

दोस्रो चरणमा झण्डै पाच किलोमिटर माथि उकालो हिडेर रमिते डाडा पुगि नेपालको राष्ट्रिय झण्डा पालिकाका अध्यक्ष लगायतले संयुक्त रुपमा उत्तोलन गरेका हुन् ।

उक्त कार्यक्रममा यस जन आकाश राष्ट्रिय साप्ताहिकका सम्पादक तथा जन आकाश मिडिया प्रा.लिका अध्यक्ष मोहन कार्कीको पनि सहभगिता रहेको थियो । कार्कीले सोही झण्डा उत्तोलन गरिएको क्षेत्रभन्दा अलि पर रहेको चेहुन्सा भन्ने ठाउमा दिदीको घरमा बसेर त्यतिवेलाको डुलुमटारमा रहेको जट्टेश्वरी निमाविमा कक्षा ४ एक बर्ष अध्ययन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend