logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना


  • जन आकाश
  • आइतबार, बैशाख २४ २०८०

काठमाडौ । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ ।



दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ अन्यको अवस्था सामान्य रहेको छ ।

प्रहरीका अनुसार रामेछापको गुराँसेबाट छुटेको बा २ ख  ८४१८ नम्बरको सो बस चौरीदेउराली –४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका एसपी भागेन्द्र पुरुष ढकालका अनुसार बसका चालकले गाडीको ब्रेक फेल भएका कारण नालामा लगेर ठोक्काएको प्रारम्भिक बयान दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend