logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

संवैधानिक परिषद्को बैठक बस्दै


  • जन आकाश
  • सोमबार, बैशाख २५ २०८०

काठमाडौं  । आज संवैधानिक परिषद्को बैठक बस्दै छ । प्रधानन्यायाधीश नियुक्ति लगायतको विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।



बैठक साँझ ६ बजे बस्नेछ । उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरूप आजका लागि बैठक बोलाइएको हो । उनका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन ।

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेशनका अन्तिम समयमा संवैधानिक परिषद् सम्बन्धी (संशोधन) विधेयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो ।

संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई विशेषा धिकारसहित बुँदा थप गरेर विधेयक ल्याइए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।  प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसूचीमा समावेश गरिसकेको सो विधेयक अन्तिममा फिर्ता लिइएको थियो ।

एमालेले संसदीय सुनवाइको पूर्णता पछि मात्रै सो विधेयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend