जन आकाश
काठमाडौ । सुदूरपश्चिम प्रदेशको धनगढीमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न भएको हो ।
सोमबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष मोहन देव विष्ट र सदस्य प्रा. डा. जगत बहादुर सिंह रावल, सामाजिक विकास मन्त्रालयका कार्यवाहक सचिव गणेश बहादुर सिंह, घोडाघोडी नगरपालिकाका मेयर खड्क बहादुर रावत, कैलारी गाउँपालिकाका अध्यक्ष राज समाज चौधरी, क्यान महासंघका उपाध्यक्ष हर्क सेठीको सहभागीता थियो ।
यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीएसपी भरत चौधरी, क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धन बहादुर बोगटी र सचिव नरेश धामी, स्पा एकेडेमीका प्रमुख योग राज उपाध्याय, नेपाल टेलिकमका प्रदेश प्रमुख बालाराम जोशी लगायतको समेत उपस्थिति रहेको थियो ।
डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल भएको छ । संवादमा २ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend