logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ


  • जन आकाश
  • मंगलबार, बैशाख २६ २०८०

काठमाडौ । हरिवन नगरपालिका द्वारा स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम संचालन गरिएको छ ।



टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमायाँ संगको भिडियो सम्बाद मार्फत गरिएको थियो । नगरपालिकाको विशेषज्ञ सेवा अन्तर्गत डा. नरेन्द्र मैनालिद्वारा प्रत्यक महिना १०० भन्दा बढि बिरामीहरुको चेकजाँच गर्दै आउनुभएको छ ।

यस कार्यक्रम तेश्रो महिनासम्म आईपुग्दा सेवा थप गर्दै डा. अरुण कुँवरद्वारा मानसिक स्वास्थ्य सम्बन्धि चेकजाँच तथा निःशुल्क औषधी वितरण कार्य हुँदै आईरहेको छ । यसका साथै बालबालिका हरुको मानसिक रोग सम्बन्धि तिनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भईसकेको छ ।

हालसम्म १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षक शिक्षिका हरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । १६४ जना मानसिक रोगिहरुको स्वास्थ्य जाँच गरि १०–१२ जना गम्भिर प्रकृतिका मानसिक रोगिहरुको पहिचान गरि थप उपचारका लागि सिफारिस गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend