जन आकाश
काठमाडौ । सरकारले यहि मितिः २०८० बैशाख २६ गते सरकारी विज्ञापन प्रणाली एकद्धार प्रणाली लागु गर्ने निर्णय गरेको थियो उक्त सरकारको निर्णय विरुद्ध विज्ञापन संघ आन्दोलित भएको छ ।
आज दिउसो १ बजे काठमाडौको तिनकुनेमा रहेको रोयल व्याङकुइटमा एक कार्यक्रम गरी विज्ञापन संघले लोकतन्त्र भएको मुलुकमा एकद्धार विज्ञापन प्रणली लागु गरेर आफ्ना केही स्वर्थ केन्द्रीत व्यत्तिहरुलाई पोष्नकै लागि उक्त निर्णय भएको र हजारौ एजेन्सीको रुपमा सम्बन्धित निकायवाट इजाजत लिई व्यावसाय गरिरहेका व्यवासायहरुलाई बिस्थापन गर्नेगरी एकद्धार प्रणली लागु गरेको हुनाले विरोध गर्नु परेको विज्ञापन संघका अध्यक्ष सोम धितालले सम्बोधनका क्रममा बताउका छन् ।

धिताले थपे आजवाट विरोध ¥याली, धर्ना, शुरु भएको छ । यो आन्दोलन जवसम्म सरकारले आफ्नो एकद्धार विज्ञापना प्रणालीको निर्णय फिर्ता गर्दैन तवसम्म आन्दोलन नरोकिने र आमरण अनसनसम्म हुने पनि जानकारी दिएका छन् ।
त्यसैगरी अर्का पुर्व अध्यक्ष रविन्द्र कुमार रिजाल( शशि)ले नेपालमा आर्थिक संकटका कारण मानिसहरुले आफैले आत्मदाह गरेर मर्नुपर्ने अवस्था आएर देश जर्जर अवस्थामा पुगेको वेलामा यसरी विज्ञापन व्यवसाय सरकार लाग्नु अत्यन्तै र्दुभाग्इ भएको बताएका छन् । उनले दिएको डाटा यस्तो छ । झण्डै ३००० हजारको हाराहारीमा रहेका कम्पनीहरुमा झण्डै ३५ हजार मानिस प्रत्यक्ष रोजगारी गरिराखेको अवस्था छ । यतिका मानिस अव काहा जाने ? भन्ने प्रश्न गर्दै सरकारले गरेको निर्णय तुरुन्त सच्याउनुपर्छ र व्यवसायी मैत्री हुनुपर्छ भनेर धारणा राखेका थिए ।
यतिवेला विरोध ¥याली बानेश्वरमा आईपुगेको छ । उक्त ¥याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने आयोजकले जानकारी दिएको छ ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend