जन आकाश
काठमाडौ । नेपाल बीमक संघले कृषि अनुदान बापतको दावी भुक्तानी समयमा दिन नेपाल सरकारसँग माग गरेको छ । उसले एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेको छ ।
“माघ १, २०६९ साल देखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमा शुल्कमा क्रमशःअनुदान दिदै आएको सर्व विदितै छ । विगत १० वर्ष देखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल वीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षती हुँदा क्षतीको दावी भूक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्य तया १ वर्ष पश्चात मात्र प्राप्त हुने गरेको छ ।
हाम्रा छिमेकी मूलुकहरुमा समेत बीमा शुल्कमा अनुदान रकम प्राप्त भएपश्चात मात्र दावी भूक्तानी हुने गर्दछ तर नेपालमा संचालित बीमा कम्पनीहरुले दावी भूक्तानी गर्दै आएका छन् । नेपाल सरकारले कृषि बीमा शुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हाल सम्म करिब रु. ३ अर्व बाँकी रहेको छ, जस मध्येः
मााछाको अनुदान रकम विक्रम सम्वत २०७७ साल देखि बाँकी रहेको छ ।
बाली बीमाको अनुदान रकम विक्रम सम्वत २०७८ साल आश्विन देखि चैत्र मसान्त सम्म आँशिक दिई हालसम्मको बाँकी रहेको छ ।
पशू पंक्षीबीमाको अनुदान रकम विक्रम सम्वत २०७८ साल आश्विन देखिको बाँकी रहेको छ ।
बीमा कम्पनीहरु बीमा ऐन, नियमावली,नियामकको निर्देशिका र परिपत्रको आधारमा कार्य गर्ने भएको र सोहि परिधि भित्र रहि जारी गरेको बाली बीमामा कृषि विभागले बीमाँक कट्टा गरि पठाएको विदितै छ । नेपाल बीमा प्राधीकरणले जारी गरेको कृषि वीमा निर्देशिका बमोजिम कार्य गरेका कम्पनीहरुको अनुदान रोक्नु नेपाल सरकारको कृषि योजनामा नै नकारात्मक प्रभाव पार्ने हुँदा नियामक निकाय नेपाल बीमा प्राधिकरण, कृषि विभाग र कृषि तथा पशुपंछि मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउँन चाहन्छौ ।
उपरोक्त अनुदान रकम उपलब्ध गराउन नेपाल सरकार कृषि तथा पशुपंछि मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत हालसम्म प्राप्त नभएको कारणले बीमा कम्पनीहरु अत्यधिक जोखिममा रहेकाछन् ।
तसर्थ, नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता अनुदान पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषि संग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सो संग सम्बन्धित क्षतिको दावी भूक्तानी दिन कम्पनीहरु असमर्थ रहेको साथै बीमा लेखको बीमाँकमा कृषि विभागको असहमति रहेकोले बीमाँक एकिन नगरि दावी भूक्तानी दिन नसकिने भएकोले मिति २०८०।०२।०७ देखि कृषि संग सम्बन्धित बीमा लेखहरु जारी गर्न तथा दावी भूक्तानी दिन स्थगन गरिएको छ । यसबाट वीमित तथा दावी कर्ताहरुमा पर्न जाने असरप्रति क्षमाप्रार्थी छौं ।”
नोपल बीमक संघले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै उल्लेख गरिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend