जन आकाश
काठमाडौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेुले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ।
सो अफर अन्तर्गत् ग्राहकवर्गले प्रत्येक कारोवारमा रु १०० सम्म १०५ छुट पाउने छन् । अफर अन्तराल भरी सो छुट ५ पटक सम्म प्राप्त गर्न सकिने छ । ग्राहकवर्गले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् भनि उल्लेख गरेको छ ।
उक्त अफर जेष्ठ १ देखी असार ३१ सम्म चल्ने कम्पनीले जारी गरेको नोटमा छ।
आइएमई पे र डिजी मार्ट बिचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो। यो अफर थोरै रकममा ग्राहकवर्गलाई धेरै सुविधा प्रदान गर्ने उदेश्यका साथ सुरु गरिएको कम्पनीको भनाईमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend