logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न


  • जन आकाश
  • शनिबार, जेष्ठ ६ २०८०

काठमाडै । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पन्ध्रौ वार्षिक साधारणसभा आज मिति २०८० जेष्ठ ४ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गर्नुभएको थियो । उक्त सभामा कम्पनीका सञ्चालकहरु, शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।



साधारणसभाले सञ्चालक समितिको आर्थिक बर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को आर्थिक बर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरु स्विकृत गर्नुका साथै आर्थिक बर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेके उल्लेख छ ।

सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ । संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा तथा विवेक झा निर्वाचित हुनु भएको छ भने सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा,आकाश गोल्छा तथा प्रिया तायल निर्वाचित हुनु भएको छ । उहाँहरु निर्विरोध निर्वाचित हुनु भएको हो ।

कम्पनीले चालु आर्थिक बर्ष २०७९/०८० को चैत्र मसान्तसम्म देशभरिका आफ्ना १८१ शाखा सञ्जालमा रहेका ८६९२६ अभिकर्ताहरु मार्फत ३७६७४६ बीमालेखबाट प्रथम बीमा शुल्क रु.१,८९,६५,२१,५५८  तथा नविकरण बीमा शुल्क रु.४,३०,४८,६३,९६४ गरी कुल रु.६,२०,१३,८५,५२२ आर्जन गर्नुका साथै कुल जीवन बीमा कोष रु.२५,३६,९२,८०,१५५ कुल लगानी रु.२७,८४,८४,३९,०२२ कुल दावी भुक्तानी रु.२,८८,६५,६४,०४३ गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend