logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सहकारीमा नियमित वचतलाई प्राथमिकता दिदै


  • जन आकाश
  • आइतबार, जेष्ठ ७ २०८०

काठमाडौ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले वचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दिगोपनाका लागि नियमित वचतलाई प्राथमिकता दिन आग्रह गर्नु भएको छ ।



महिला हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले शनिवार कुश्मामा आयोजना गरेको एक दिने क्षमता अभिवृद्धि कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बताउनु भएको हो ।

सदस्यहरुलाई आयआर्जन वृद्धि गर्ने तरिका सिकाउनुका साथै खर्च कटौती गरी दिर्घकालिन वचतमा सहभागी हुन प्रेरित गर्नु पर्नेमा जोड दिदै जिसीले वचतलाई सदस्यहरुका बीचमा नियमित गर्न सक्दा मात्रै संस्थालाई दिगो बनाउन सकिने बताउनुभयो ।

सदस्यहरुले सहकारीमा राख्ने एउटा वचतलाई स्थिर सम्पत्ती वचतका रुपमा सञ्चालन गर्न सकिने बारेमा चर्चा गर्दै उहाँले जग्गा जमिन जस्तै पैसालाई स्थिर सम्पत्ती बनाउन सकिने बताउनुभयो ।

महिला हित वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलादेवी खड्काले सदस्यहरुलाई स्थिर सम्पत्ती वचतका बारेमा सचेतना प्रदान गरी आगामी आर्थिक वर्षबाट अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend