logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पत्रकार महासंघ उपत्यका प्रदेशले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई बुझायो ज्ञापन पत्र


  • जन आकाश
  • मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौ । नेपाल सरकारले पत्रपत्रिकाको लागि जेठ १५ गते पछि लोककल्याणकारी विज्ञापन प्रकाशन गरी प्राप्त गर्ने रकम कटौतीको गरको बिषयमा आन्दोलित पत्रकार महासंघ उपत्यका प्रदेशको अगुवाईमा यहि सात गतेवाट विज्ञापन वोर्डको कार्यलयमा धर्ना शुरु गरेका थिए ।



निरन्तर धर्ना गर्दै आएका पत्रकारहरुले आज विज्ञापन वोडको कार्यलयमा ताला लगाई दिउसो २ बजे सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेटी ज्ञापन पत्र बुझाएका छन् । उपत्यका प्रदेश समिति अध्यक्ष श्रीजन झाको नेतृत्वमा काठमाडौ शाखाका अध्यक्ष सुर्य सुवेदी सहित सयौको संख्यामा पुगेका पत्रकारहरुले संयुृक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनमा यस्तो लेखिएको छ ।
श्री माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्यू
सिंहदरबार, काठमाडौं ।

विषयः ज्ञापन पत्र

विज्ञापन बोर्ड नेपालले निर्णय कार्यान्वयन गर्ने सम्बन्धमाु विषयमा मिति २०८०/०१/३१ को पत्रमार्फत नेपाली सञ्चारमाध्यमलाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापन वापतको सुविधा
कटौती गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति देशकै बहुसंख्यक स्वरोजगारमुखी हकहित, वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएकोमा पछिल्लो पटक सञ्चारमाध्यम र सञ्चारकर्मी रहेको प्रदेश समिति हो । समितिले प्रेस स्वतन्त्रता, श्रमजीवीको बोर्डले गरेको निर्णयका विरुद्ध प्रदेश समिति सडक आन्दोलनमा उत्रन समेत बाध्य भएको जानकारी गराउँदछौं ।

समितिले बोर्डको निर्णय सच्याउन माग गर्दै मिति २०८०/२/६ गते प्रेस विज्ञप्ति नै जारी गरेर माग गरेको थियो । नेपाली सञ्चारजगतको अगुवाई गर्दै राखेको मागको कुनै सम्बोधन गर्ने चेष्टा समेत नभएपछि मिति २०८०/२/७ र ८ गते पूर्वघोषित कार्यक्रम अनुसार बोर्डको कार्यालयमा धर्ना तथा विरोध कार्यक्रम भयो ।

शान्तिपूर्ण धर्ना कार्यक्रमबाट दबाब सिर्जना गर्दा पनि माग सम्बोधनमा कुनै चासो नदेखाएसँगै सञ्चारकर्मीद्वारा आज बोर्ड अध्यक्ष लक्ष्मण हुमागाईंको कार्यकक्षमा तालाबन्दी गरिएको जानकारी गराउँदछौं । दबाब र धर्ना कार्यक्रम राख्दा पनि मागको सम्बोधन गर्न अभिरुची नदेखाउने बोर्ड नेतृत्वले नेपाली सञ्चारजगतको हितमा काम गर्न सक्दैन भन्ने हाम्रो ठम्याई समेत रहेको छ ।

सुरुवाती चरणदेखि विवादित काम गर्दै आएको बोर्डले कुनै न कुनै बहानामा मिडियालाई सहज वातावरण नबनाई दुःख दिने मात्र काम गरेको समेत अवगत गराउन चाहन्छौं । तसर्थ, हाम्रा मागहरुको तत्काल सम्बोधन हुने विश्वाससहित तीन बुँदे माग पत्र बुझाउन चाहन्छौं । मागको उचित सम्बोधन नभए थप आन्दोलनमा उत्रन बाध्य हुने पनि जानकारी गराउँदछौं ।

मागहरुः
१० बोर्डको मिति २०८०/०१/३१ गतेको सूचना अनुसारको लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती गर्ने निर्णय तत्काल खारेज गर्न र तत्काल निकासा गरी वर्तमान असहज स्थितिको अन्त्य गर्न माग गर्दछौं ।

२० विज्ञापन बोर्डलाई निष्पक्ष, प्रभावकारी र सञ्चारमैत्री काम गर्ने संस्था बनाउन माग गर्दछौं ।

३० हालै मन्त्री परिषदले समानुपातिक विज्ञापन वितरण प्रणालीको विषयमा गरेको निर्णय कार्यान्वयन गर्न माग गर्दछौं ।

पत्रकार महासंघ उपत्यका प्रदेश समितिले ज्ञापन पत्रमा उल्लेख गरको पत्र जस्ताको तस्तै प्रकाशन गरिउको छ । यस आन्दोलनमा जन आकाश मिडियको पनि एक्यबद्धता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend