logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आर्थिक वर्ष २०८० / ८१ को नीति तथा कार्यक्रम बहुमतले पारित


  • जन आकाश
  • मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८० / ८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो ।



शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend