logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

इमेजको समस्या समाधान गर्न जिल्ला सहकारी संघको माग


  • जन आकाश
  • आइतबार, जेष्ठ १४ २०८०

काठमाडौ । इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताहरुले समस्या समाधानका लागि सहजीकरण गरिदिन जिल्ला सहकारी संघ लिमिटेड बागलुङसंग माग गरेका छन् ।



वचतकर्ताहरुका तर्फबाट गठित संघर्ष समिति र जिल्ला सहकारी संघका पदाधिकारी सदस्यहरुबीच शनिवार बिहान भएको छलफल कार्यक्रममा संघका तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्नका लागि माग गरिएको हो ।

इमेज सहकारीले बागलुङका धेरै वचतकर्ताहरुको रकम जोखिममा पारेको छ, रकम फिर्ताका लागि वचतकर्ताहरुले ६ महिनाको समय थप गर्न सहमति जनाउदै समस्या समाधान गर्न सहजता प्रदान गर्दा पनि संस्थापक अध्यक्ष देव कुमार नेपाली लगायत सम्पर्क विहिन भएका कारण थप समस्या भएको संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले बताउनुभयो ।

उहाँले देवकुमार नेपाली लगायत संस्थासंग सम्बन्धित व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन संघर्ष समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भन्दै जिल्ला सहकारी संघका तर्फबाट सल्लाह सुझाव सहित समन्वयकारी भूमिका निभाईदिन आग्रह गर्नु भएको थियो ।

इमेज सहकारीले सूचना प्रकाशित गरेर कार्यालय बन्द गरेदेखि नै जिल्ला सहकारी संघको अगुवाईमा संस्थालाई सहज रुपमा सञ्चालन गर्न र वचतकर्ताहरुको रकम फिर्ताका लागि समन्वय गरेका थियौ, जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले भन्नुभयो,–‘हामीले गरेको समन्वयकारी भूमिका र आम वचतकर्ताको भावना विपरित देव कुमार नेपाली र उहाँको टिम सम्पर्क विहिन भएका कारण थप समस्या परेको छ, यो समस्यालाई समाधान गर्नका लागि संघको तर्फबाट समन्वय गरेर अगाडि बढ्छौ ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend