logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हिमालयन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड


  • जन आकाश
  • बिहिबार, जेष्ठ १८ २०८०

काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्टार नियुक्त गरेको छ ।



सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०८० साल जेष्ठ १७ गते बुधबार सम्पन्न भयो । सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गर्नुभएको छ ।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिममालय लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई मिति २०८० वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend