जन आकाश
काठमाडौ । कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा कोशी प्रदेशका ४ ठाउँमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
साक्षरता कार्यक्रम विराटनगरको हिमालय दर्शन, इटहरीको कोशी कलेज, विराटचोकको सुकुना कलेज र उर्लाबारीको जय वशिष्ट रिसोर्टमा आयोजना भएको थियो । कार्यक्रममा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय बासिन्दा, कर्मचारी, व्यवसायी, शिक्षक, विद्यार्थी लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले गत जेठ ११ गतदेखि कर्णाली प्रदेशको जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सुरू गरेको थियो । नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरू सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उदेश्यसहित नागरिक एप प्रयोगमा ल्याएको थियो । उक्त एप सञ्चालनमा आएपनि साक्षरताको अभावमा अझै पनि धेरैले प्रयोग गरिरहेका छैनन् ।
त्यसैकारण गाउँ गाउँसम्म नागरिक चलाउन सिकाउने उद्देश्यले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरू गरिएको हो । अहिलेसम्म कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र मधेश प्रदेशका १५ बढी ठाउँमा साक्षरता कार्यक्रम सम्पन्न भइसकेको छ ।
नागरिक एपबाट फोकल पर्सनको रूपमा केन्द्रका कम्प्युटर इन्जिनियर प्रविण चौहान र नागरिक एपका परियोजना निर्देशक सन्तोष अर्यालले प्रस्तुती तथा नागरिक एप सम्बन्धि उठेका जिज्ञासालाई सम्बोधन गरिरहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend