logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम बैंकलाई


  • जन आकाश
  • बुधबार, जेष्ठ २४ २०८०

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो ।



फाइनल खेलको म्यान अफ द म्याच पाधि प्राइम बैंक काक्रितार्थ शाक्यले हातपारेका छन् । यस अघि प्राइम कमर्सियल र एन आइसीए सिया तथा महालक्ष्मी विकास र माछापुच्छे बैंकबीच सेमिफाइनल खेल भएको थियो ।

पहिलो सेमिफाइनलमा प्राइम बैंकले एन आइसी एसिया बैंकलाई ३१ रनले हराएको थियो । सो खेलमा प्राइम बैंकका प्रवेश श्रेष्ठ म्यान अफ म्याचचुनि एका थिए ।

महालक्ष्मी विकास बैंक र माछापुच्छे बैंकबीच सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माछापुच्छेले ५ विकेटको जित निकालेको थिए । सो खेलमा माछापुच्छेका निशेष केसी म्यानअफ द म्याच घोषित भएका थिए ।

फाइनल खेलमामा माछापुच्छे बैंकले टस जितेर ब्यटिङको निम्तो दिएको प्राइम बैंकले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । प्राइम काकितार्थ शाक्यले सर्वाधिक २४ रन बनाए ।

बलिङतर्फ माछापुच्छेका विश्वास ढकालले १४ रन खर्चिंदै २ विकेट लिएका थिए । जवाफ ब्याटिङमा आएको माछापुच्छे बैंकले जम्मा ४७ रन बनायो । माछापुच्छेका लागि रोशन पाठकले ११ रन बनाएका थिए । बलिङतर्फ प्राइमका सुनिल खड्का र कमलेन्द्र श्रेष्ठले समान २-२ विकेट लिए ।

यो प्रतियोगितामा कामना सेवा विकास बैंकका समिर थापा उत्कृष्ट ब्याट्सम्यानर कामना सेवा विकास बैंककै छेतेन दोर्जे शेर्पा उत्कृष्ट बलर घोषित थिए । त्यसैगरी, उत्कृष्ट फिल्डरको उपाधि एन आइसी एसिया बैंकका सञ्जय गिरीले हात पारे । उत्कृष्ट विकेट किपरको उपाधि एन आइसी एसिया बैंककै रितेश अधिकारीले पाए । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगकै सर्वोकृष्ट खेलाडीमा प्राइम बैंकका क्रितार्थ शाक्य चुनिए ।

१६ टिम सहभागी प्रतियोगितामा सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, माछापुच्छे , प्राइम कमर्सियल, लुम्बिनी विकास, कामना सेवा र महालक्ष्मी विकास बैंक क्वार्टर फाइनल राउन्डमा पुगेका थए । क्वार्टर फाइनल सनराइज र एन आइएसी एसिया, राष्ट्रिय वाणिज्य र माछापुच्छे , प्राइम र लुम्बिनी विकास तथा कामना सेवा र महालक्ष्मी विकास बैंकबीच भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend