जन आकाश
काठमाडौ । पूर्वमन्त्री एवम् बर्तमान सांसद भानु भक्त जोशी कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी गर्ने उदेश्यले स्थापीत नेपाली उपभोक्ता संरक्षण महासंघको साघरण सदस्य बनेका छन ।
जोशीलाई महासंघको कार्यालय बिजुली बजारमा नेपाली उपभोत्ता संरक्षण महासंघका अध्यक्ष चन्द साउदले साघारण सदस्यता प्रदान गरेका हुन । सोही अवसरमा पूर्व माननीय हिक्मत बहादुर शाहीलाई पनि सदस्यता प्रदान गरिएको थियो ।
सदस्यता लिएपछि बोल्दै सांसद जोशीले आम उपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन अखाद्य बस्तु तथा सेवाकाविरुद्ध उपभोक्ता हकहितका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरे ।
महासंघका अध्यक्ष चन्द्र साउदले नेपालको कालोबाजारी, भ्रष्टाचार, गुणस्तरहिन् अखाद्य–बिषादी बस्तुको निर्मुलिकरण गरी सर्ब–साधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघ लागि परेको बताए ।
महासंघका केन्द्रीय सदस्य तथा कानून बिभाग प्रमुख अधिवत्ता बिष्णु गिरीले देशमा ठूला ठूला राजनितीक परिवर्तन भए पनि देशमा राजनितिक नेता तथा मुट्ठीभर व्यवसायी वाहेक आम नेपाली उपभोक्ताका जीवनस्तरमा समय सापेक्ष परिवर्तन हुन नसकेको बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend