logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

डिजिटल नेपालको लागि ह्वावे र आइसिटी फाउन्डेसनबीच सम्झौता


  • जन आकाश
  • आइतबार, असार ३ २०८०

काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि आज ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता भएको छ ।



डिजिटल रुपान्तरणको प्रयास स्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी ब्यप्तिहरु एकैठाउँमा उपस्थित हुनेछन । शुक्रवार ह्वावे नेपाल कार्यालयमा भएको सम्झौतामा ह्वावे नेपालका सिइओ हवांङ जुन र आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालबीच हस्ताक्षर भएको हो ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ यहि असार ८ र ९ गते सोल्टी काठमाडौँमा आयोजना हुनेछ । कन्क्लेभमा नेपाल बाहेक दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेश, अमेरिका लगायतबाट प्रस्तुतिको लागि बिज्ञहरुको उपस्थिति हुनेछ ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने आयोजकले जानकारी दिएको छ ।

डिजिटल नेपाल कन्क्लेभको प्रि-इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । यसवर्ष सातै प्रदेशको डिजिटल अवस्था समेटेर एक रिसर्च पुस्तिका पनि प्रकाशन हुने फाउन्डेसनले जनाएको छ । ‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाइ सघाउ पुर्याउने गरि फाउन्डेसनले गतवर्षदेखि सुरु गरेको बृहत सम्मेलन हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend