logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक


  • जन आकाश
  • सोमबार, असार ४ २०८०

काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडलाई नेपाल बीमा प्राधिकरणले मिति २०८०/०२/२९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । आषाढ महिना भित्र एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेको छ ।



यसै सिलसिलामा संयुक्त मर्जर समितिको निर्णय अनुसार दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा एकिकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ लोगो सार्वजनिक गरेको छ।

प्रभु लाइफ र महालक्ष्मी लाईफको देशै भरी १६७ शाखा र उपशाखा संचालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका छन । प्रभु लाईफको बोनस शेयर जारी पछि दुबै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पूँजी हुनेछ । बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पूँजीको लागि एकिकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपिओ ९ँएइ० जारी गर्ने सहमति भएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend