जन आकाश
काठमाडौं । असार ८ र ९ गते ‘ ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ ।
आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै ह्वावेले मोवाइल नेपाल कंग्रेश (एमएनसी) को पनि आयोजना गर्नेछ । कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरु सहित ७० बढी स्रोत ब्यप्तिहरु रहेका छन ।
द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु संचालन हुनेछन् । २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहनेछ ।
‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।
असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा बिभिन्न राष्ट्रिय र अन्तरास्ट्रिय बिज्ञहरुको ४ वटा कि-नोट र मन्त्री रेखा शर्मासंगको पावर संवाद सेसन हुनेछ । यसैगरी पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय(आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्वन्धि सेसनहरु रहेका छन ।
कन्क्लेभको दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरु रहेका छन् । यसैगरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटो सेसनहरु संचालन हुनेछन ।
कन्क्लेभसँगै शिर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनि मोवाइल वल्र्ड कंग्रेशको रुपमा मोवाइल नेपाल कंग्रेशको आयोजना गर्नेछ । सहभागीले ५ जी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोवाइल कंग्रेशमा पाउनेछन ।
ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ । मोबाइल नेपाल कँग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने् विश्वास ह्वावेको रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend