जन आकाश
काठमाडौं । धनुषाको ढल्केबरमा इनारभित्र एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान ढल्केबरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव फेला परेको हो ।
स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । अहिले प्रहरी टोली र नं.२ छिन्नमस्ता बाहिनीको टोली शव निकाल्ने प्रयासमा जुटेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend