जन आकाश
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र मर्ज हुने गरी तिब्र गतिमा तयारी भइरहेको छ ।
एकिकृत कारोबार पछि बन्ने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” ले बजारमा विक्रिको लागि ल्याउने बीमा योजनाहरु (प्रोडक्ट) छनोट गर्नु आवश्यक थियो । दुबै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषण पछि श्रावण १ गतेबाट विक्रि वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट भएको छ ।
नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरु स्वीकृति समेत प्राप्त भैसकेको छ । नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी पन्ध्रवटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend